मुख्य समाचार
फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन
फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन

: फ्रान्समा बढ्दो महँगी, न्यून ज्याला र सार्वजनिक सेवाको कमजोर अवस्थाविरुद्ध देशव्यापी हडताल तथा प्रदर्शन चर्किएको छ । पाँचवटा श्रमिक संगठनको आह्वानमा बिहीबार भएको प्रदर्शनमा उच्च माध्यमिक विद्यालयका विद्यार्थी, कर्मचारी तथा सर्वसाधारण सहभागी भएका छन् ।

प्रदर्शनकारीहरूले न्यूनतम ज्याला वृद्धि, सार्वजनिक सेवामा सुधार र जीवनयापनको बढ्दो खर्च नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । स्थानीय समयअनुसार बिहीबार दिउँसो १ बजेसम्म करिब ७० सहरमा २ लाख ५० हजारभन्दा बढी मानिस सडकमा उत्रिएको श्रमिक संगठन सीजीटीकी नेता सोफी बिनेटले बताएकी छन् ।

प्रदर्शनलाई नियन्त्रणमा राख्न सरकारले ७० हजार प्रहरी परिचालन गरेको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले हिंसात्मक गतिविधि भए कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

प्रदर्शनका क्रममा लियोन र रेनेस सहरमा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको बिबिसिले जनाएको छ । लियोनमा एउटा कारमा आगजनी गरिएको छ भने रेनेसमा मुख छोपेका प्रदर्शनकारीको समूह र प्रहरीबीच तनाव उत्पन्न भएको छ ।

हडतालका कारण विद्यालय, अस्पताल र सार्वजनिक यातायात सेवा प्रभावित भएका छन् । पेरिसस्थित एफिल टावर र लुभ्र सङ्ग्रहालयका केही प्रदर्शनी कक्षसमेत बन्द गर्नुपरेको छ । आणविक ऊर्जा केन्द्रका कर्मचारीको आन्दोलनका कारण फ्रान्सले बिहीबार आफ्नै उत्पादनभन्दा बढी विद्युत् आयात गर्नुपर्ने अवस्था आएको छ ।

हाल फ्रान्समा प्रतिघण्टा न्यूनतम ज्याला १२.३१ युरो छ। श्रमिक संगठनहरूले न्यूनतम ज्याला बढाउनुका साथै मासिक तलबमा कम्तीमा १०० युरो वृद्धि गर्न माग गरेका छन् ।

यसैबीच, केही वर्षअघि महँगीविरुद्ध आन्दोलन गरेको ‘येलो भेस्ट’ आन्दोलनसमेत पुनः सक्रिय भएको छ । उक्त समूहले शुक्रबार र शनिबार पनि सडक अवरोध तथा प्रदर्शन गर्ने आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युरोपका विभिन्न देशमा उडान गरिरहेका विमानमा बम राखिएको भन्दै धम्की आएपछि विहीबार एकैदिन २१ भन्दा बढी हवाई सेवा प्रभावित भएको छ । गत मंगलबार पनि यस्तै धम्कीका कारण युरोपका कम्तीमा २५ वटा उडान प्रभावित भएका थिए । पछिल्लोपटक आएको धम्कीका कारण केही विमानको उडान मार्ग परिवर्तन गरिएको छ भने केहीलाई आपत्कालीन अवतरण गराइएको छ । ...
इजरायलको अरब नेतृत्वका दलहरूको गठबन्धनले इजरायलमा नयाँ सरकार गठनका लागि विपक्षी नेता गादी आइजेनकोटलाई समर्थन गर्ने घोषणा गरेको छ । गठबन्धनले बिहीबार जारी गरेको विज्ञप्तिमा राष्ट्रपति आइज्याक हर्जोगलाई बिहीबार साँझ आइजेनकोटलाई सरकार गठनको जिम्मेवारी दिन सिफारिस गर्ने निर्णयबारे जानकारी गराउने जनाएको छ । गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका ...
ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज जलडमरुमा निर्बाध जलयात्रा पुनः सञ्चालन गर्न व्यावहारिक, राजनीतिक तथा प्राविधिक समझदारी कायम गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो। ओमानले तनाव कम ...
: बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् । पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि सर्वसाधारण जनतालाई जिम्मेवार ठहराएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले लेखेका छन्, 'डेमोक्रेटिक पार्टीले मंगलबार ठूलो जित हासिल गरेकै कारण आज सेयर बजार ओरालो लागेको हो। यो देख्दा अत्यन्तै दुःख लाग्छ। यसका लागि तपाईंहरू स्वयं जिम्मेवार हुनुहुन्छ।' अर्को पोस्टमा उनले ...