मुख्य समाचार
मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द
मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द

। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नापी विभागद्वारा असोज २३ गते गरेका विभिन्न तहका ८५७ जना कर्मचारीको सरुवा निर्णय रद्द गरेको छ ।

सुगम तथा सुविधासम्पन कार्यालयहरूमा कार्यरत कर्मचारीहरूलाई पुनः सुगम क्षेत्रमै पदस्थापना गरिएको र दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीहरूको माग एवं गुनासो उपेक्षा गरिएको भन्दै कर्मचारीहरूले नै मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी दर्ता गराएका थिए ।

प्राप्त निवेदन र उजुरीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयको निर्देशनबमोजिम नापी विभागले असोज २६ गते ७ दिने म्याद तोकी औपचारिक रूपमा गुनासो आह्वान गरेको थियो ।

सो क्रममा २०० भन्दा बढी कर्मचारीहरूबाट सरुवा पुनरावलोकनका लागि उजुरी प्राप्त भएपछि मन्त्रालयले उक्त सरुवा सूची पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको हो ।


सरुवा निर्णय बदर भएसँगै मन्त्रालयको प्रत्यक्ष निर्देशनमा विभागले बिहीबार ‘कर्मचारी सरुवा सम्बन्धी मापदण्ड, २०८३’ स्वीकृत गरी जारी गरेको छ ।

मन्त्रालयले सोही मापदण्डका आधारमा पारदर्शी र न्यायोचित ढङ्गले मात्र सरुवा प्रक्रिया अगाडि बढाउन विभागलाई स्पष्ट निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशको शुक्रबार र शनिबार संसदीय सुनुवाइ गर्ने भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो। जसअनुसार शुक्रबार उजुरीकर्ताहरूसँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर वाग्चन्द र चन्द्रबहादुर सारूको सुनुवाइ गरिने समितिले जनाएको छ। त्यस्तै शनिबार ...
। तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण ...
: सरकारले पूर्वाधार क्षेत्रमा लगानीकर्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ ‘नेपाल पूर्वाधार सम्मेलन २०२६’ आयोजना गर्न लागिएको जनाएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालले स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानीका लागि आवश्यक वातावरण निर्माण गर्न गरिएका कानुनी तथा नीतिगत सुधारबारे जानकारी गराएका छन्। उनले देशमा लगानीमैत्री वातावरण, लगानी सुरक्षा, श्रमिकहरूको सुरक्षा, बजारको ग्यारेन्टी, लगानी नडुब्ने ...
। जिल्ला प्रशासन कार्यालय काठमाडौंले तिहारमा देउसी–भैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित एवं सुरक्षित रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । बिहीबार साँझ एक सूचना जारी गर्दै प्रशासनले देउसीभैलो कार्यक्रमलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन १२ बुँदे निर्देशन पनि जारी गरेको छ । कार्यालयले नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक सद्भावको संरक्षण गर्दै शान्ति सुरक्षा कायम राख्न देउसीभैलो खेल्ने ...
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन परिणाममुखी र नतिजामुखी हुनुपर्ने बताएका हुन्। उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। यसका लागि निजी क्षेत्रलाई ...