मुख्य समाचार
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने

। सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाउने निर्णयको पुष्टि सरकारले नै गर्ने बताएका छन् ।

बिहीबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले संवेदनशील विषय समावेश भएकाले आईजीपी हटाउनुपर्ने विषय कुनै समयमा सरकारले अवश्य पनि गर्ने विश्वास व्यक्त गरे ।

‘आईजीपी प्रकरणमा पार्टीले कुनै पनि सरकारले काम गर्नका लागि आवश्यक पर्ने कदम चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला,’ लामिछानेले भने ।

सुरक्षा निकायको जिम्मेवारी हेरफेरमा असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य पुष्टि पार्ने विश्वास उनले व्यक्त गरे । ‘पार्टी प्रवक्ताले यसलाई स्पष्ट पारिसक्नुभएको छ । पार्टीले आईजीपी, डीएसपी, इन्सपेक्टर फेर भनेर विल्कुल भन्दैन,’ लामिछानेले भनेका छन् ।
साथै, उनले आफूले विभिन्न समयमा फरक फरक घटनाक्रमबारे जवाफ दिँदै आएको उल्लेख गरे ।

‘सरकारले आफ्नो काम गरिरहेको छ । अझै सहि ढंगले गरिदिए हुन्थ्यो भन्ने सधैं रहिरहन्छ,’ लामिछानेले भने, ‘पार्टी र सरकारबीच तालमेल नै नभएको हो कि भन्ने जुन कुरा छन् त्यो केही छँदै छैन ।’

कहिलेकाहीँ सरकारले गरेका कुरामा थप प्रष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, स्पष्ट पार्ने काम भइरहेको समेत उनको तर्क छ ।

‘पार्टीले गरेका हरेक कुरामा सरकारले हो मा हो मिलाउँदैन, पार्टीले गरेका कुराहरूमा पनि सरकारले हो मा हो मिलाउँदैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वास्तविक लगानीको वातावरण देखाउनका लागि नेपाल पूर्वाधार सम्मेलन निकै महत्वपूर्ण रहेको बताएका छन्। नेपाल पूर्वाधार सम्मेलनबारे जानकारी दिन बिहीबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाग्लेले सम्मेलन परिणाममुखी र नतिजामुखी हुनुपर्ने बताएका हुन्। उनले सरकारको २१ खर्बको बजेटले मात्रै केही नहुने भन्दै ७० खर्बको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताए। यसका लागि निजी क्षेत्रलाई ...
: प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालमा हालै गएको विनाशकारी रसुवा-भोटेकोशी बाढीपछि भारत सरकारले ‘फर्स्ट रेस्पोन्डर’का रूपमा राहत सामग्री दिनुका साथै उद्धार टोली खटाएर पुर्‍याएको सहयोगप्रति आभार व्यक्त गरे। प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालले विपद्को सामना गरिरहेका बेला फोनमार्फत सहयोगको ऐक्यवद्धता जनाएकोमा समेत ...
। उदयपुरको त्रियुगा नगरपालिकाका ३८ घरपरिवारले जग्गाधनी पुर्जा(लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि आयोग उदयपुरमार्फत कानुनी प्रक्रिया पूरा गरेका त्रियुगा नगरपालिका–३ र ५ का भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासी परिवारलाई बिहीबार जग्गाधनी पुर्जा वितरण गरिएको हो । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतका अनुसार वडा नम्बर ३ का ११ र वडा नम्बर ५ का २७ ...
: गोकर्णेश्वर नगरपालिका–३, गाम्चाबाट गोली प्रहार गरी प्रहरीले ठगी र लुटपाट गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीमाथि आक्रमण गरेर भाग्न खोजेपछि प्रहरीले गोली चलाउनु परेको जनाएको छ। पक्राउ पर्नेमा सुजन तामाङ नाम गरेका व्यक्ति रहेका छन्। उनको अन्य पहिचान प्रहरीले खुलाएको छैन। तामाङको घुँडामुनि गोली लागेको छ। उनलाई डलर ठगी र लुटपाट गरेको आरोपमा ...
। प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’ ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री बालेनले अगाडि लेखेका छन् ।