मुख्य समाचार
अमेरिकी सेयर बजारमा भारी गिरावट : ट्रम्पले मध्यावधि चुनावको परिणामलाई दिए दोष
अमेरिकी सेयर बजारमा भारी गिरावट : ट्रम्पले मध्यावधि चुनावको परिणामलाई दिए दोष

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र एसियाका सेयर बजारमा आएको भारी गिरावटका लागि सर्वसाधारण जनतालाई जिम्मेवार ठहराएका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै उनले लेखेका छन्, 'डेमोक्रेटिक पार्टीले मंगलबार ठूलो जित हासिल गरेकै कारण आज सेयर बजार ओरालो लागेको हो। यो देख्दा अत्यन्तै दुःख लाग्छ। यसका लागि तपाईंहरू स्वयं जिम्मेवार हुनुहुन्छ।'

अर्को पोस्टमा उनले अगाडि लेखेका छन्, 'निर्वाचन परिणामका आधारमा सेयर बजारको इतिहासकै यो सबैभन्दा खराब दिनमध्ये एक बन्यो। बजारलाई पहिले कहिल्यै नपुगेको उचाइमा पुर्‍याउन निकै मिहिनेत गरिएको थियो, तर अन्ततः यो स्थिति आयो। यसले गर्दा तपाईंहरूको रिटायर्मेन्ट (अवकाश) खाताको रकम समेत घटेको छ।'


उनले थप लेखेका छन्, 'याद राख्नुहोस्, यसका लागि रिपब्लिकन होइन, डेमोक्र्याटहरू जिम्मेवार छन्। यद्यपि चिन्ता नगर्नुहोस्, हामी छिटै कुनै न कुनै रूपमा पहिलेभन्दा अझ ठूलो र बलियो भएर अघि बढ्नेछौँ।'

यसअघि अमेरिकी मिडटर्म चुनावपछि सेयर बजारमा आएको तीव्र गिरावटका कारण अमेरिका र एसियाका प्रमुख टेक (प्रविधि) कम्पनीहरूको करोडौँ डलर नोक्सान भएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास गति सुस्त हुने आशंकालाई यसको मुख्य कारण मानिएको छ। एआई विकासको गति धीमा बनाउने एजेन्डासहित चुनाव लडेका डेमोक्रेटिक उम्मेदवारहरू विजयी भएपछि प्रविधि तथा एआई क्षेत्रका कम्पनीहरूको सेयर मूल्यमा भारी गिरावट आएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बैंकिङ संकटसँग जोडिएको राजनीतिक विवाद चर्किएपछि पाराग्वेका राष्ट्रपति स्यान्टियागो पेनाले पदबाट राजीनामा दिएका छन् । बैंक धराशायी भएपछि उत्पन्न विवाद र महाभियोगको प्रक्रिया अघि बढेसँगै उनले राजीनामा घोषणा गरेका हुन् । पेनाले सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश जारी गर्दै आफूबाट कुनै गल्ती भएको भए जनतासँग माफी मागेका छन् । जनताले आफूलाई दिएको विश्वासघात गर्ने आफ्नो ...
ताइवानका रक्षामन्त्री वेलिङ्टन कूले अमेरिकी मध्यावधि निर्वाचनपछि पनि ताइवानलाई हतियार बिक्री गर्ने प्रक्रिया निरन्तर रहने अपेक्षा व्यक्त गरेका छन् । उनले ताइवानले अमेरिकाका दुवै प्रमुख राजनीतिक दलबाट सधैँ समर्थन पाउँदै आएको उल्लेख गर्दै अमेरिकी कंग्रेसले ताइवानको रक्षा क्षमता सुदृढ बनाउन सहयोग जारी राख्ने विश्वास व्यक्त गरेका हुन् । औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि अमेरिका ताइवानको सबैभन्दा महत्त्वपूर्ण ...
। अस्ट्रेलियाको सबैभन्दा पुरानो डिपार्टमेन्ट स्टोरको चेन डेभिड जोन्सको जिम्मा प्रशासनले लिएको छ । प्रशासनको जिम्मामा गएसँगै यसमा कार्यरत हजारौँ कर्मचारीको रोजगारी जोखिममा परेको छ। स्थानीय रूपमा डीजेजका नामले चिनिने यो १८८ वर्ष पुरानो खुद्रा विक्रेता लामो समयदेखि आर्थिक सङ्घर्षसँग जुधिरहेको थियो। ग्राहकहरू पारम्परिक पसलहरू छोडेर अनलाइन सपिङङतर्फ आकर्षित भएपछि कम्पनीलाई यो अवस्था आएको हो। स्वैच्छिक प्रशासक ...
। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पलाई देशको सर्वोच्च पदक प्रदान गरेका छन्। बिबिसीका अनुसार, युक्रेनलाई मानवीय सहयोगमा पुर्‍याएको ‘महत्त्वपूर्ण व्यक्तिगत योगदान’का लागि मेलानिया ट्रम्पले ‘अर्डर अफ प्रिन्सेस ओल्गा, फर्स्ट क्लास’ पदक पाएकी छिन्। युक्रेनको दक्षिणी खेरसोन क्षेत्रको रुसको कब्जामा रहेको ओलेस्की सहरबाट सयौँ मानिसलाई बाहिर निकाल्न दिइएको युद्धविराम सकिएपछि यो सम्मान दिइएको हो। उद्धार ...
: संयुक्त राज्य अमेरिकामा सम्पन्न मध्यावधि चुनावले देशको राजनीतिमा समावेशिता र विविधताको नयाँ इतिहास रचेको छ। विभिन्न राज्यहरूबाट चुनावी मैदानमा उत्रिएका महिला, अश्वेत, मुस्लिम तथा आदिवासी उम्मेदवारहरूले ऐतिहासिक जित हासिल गर्दै अमेरिकी नीति निर्माणको तहमा सीमान्तकृत समुदायको उपस्थिति बलियो बनाएका छन्। अमेरिकी राजनीतिमा समावेशिता र विविधताको नयाँ आयाम थपेका मुख्य ५ ऐतिहासिक परिणामहरू यस्ता छन् । ...