मुख्य समाचार
काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित
काठमान्डु गोर्खाजले विराटनगर किंग्सलाई ९ विकेटले पराजित

। काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार विराटनगर किंग्सलाई ९ विकेटले पराजित गरेको छ ।

विराटनगरले दिएको ८४ रनको सामान्य लक्ष्य काठमान्डुले ९.४ ओभरमा १ विकेट गुमाएर ८६ रन बनाउँदै पूरा गरेको हो ।

पहिलो खेलमा पराजित भएको काठमान्डुले लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडेको छ र अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । पाँच खेल खेलिसकेको विराटगरको भने यो तेस्रो हार हो र समान ४ अंक भए पनि रनरेटका आधारमा पाँचौ स्थानमा झरेको छ ।

काठमान्डुका लागि अष्ट्रेलियन खेलाडी डेभिड वार्नरले अविजित रहँदै सर्वाधिक ४४ रन बनाए । २४ बल खेलेका २ चौका र ३ छक्का प्रहार गरे । यस्तै अर्का अष्ट्रेलियन विलियम बोसिस्टोले २४ बलमा ३ चौका प्रहार गर्दै अविजित २३ रन बनाए । दोस्रो विकेटका लागि वार्नर र बोसिस्टोले अविजित ७९ रनको साझेदारी गरेका थिए । ओपनर साहिल पटेलले ११ बलमा १० रन बनाएर आउट भए ।


विराटनगरका लागि अपराजित पौडेलले १ विकेट लिए ।

त्यअसघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर विराटनगर किंग्स १९.३ ओभरमा ८३ रनमा अलआउट भएको थियो ।

विराटनगरका लागि नवौँ नम्बरमा ब्याटिङ रगेका रुपेश सिंहले २७ बल खेल्दै ३ चौका र १ छक्का मदतमा सर्वाधिक २६ रन बनाए । रुपेशसँगै एन्जेलो म्याथ्युज र बसिर अहमदले मात्र विराटनगरका लागि दोहोरो अंकमा रन बनाउन सके । म्याथ्युजले ३१ बल खेलेर २२ रन जोड्दा बसिर अहमदले १० रन बनाए ।

शेहान जायसूर्या ५, लोकेश बम ६, आन्द्रे रसेल ३ र अपराजित पौडेल २ रनमा आउट भए भने इमरान शेख, नारायण जोशी र शुभम रन्जानेले खाता समेत खोल्न सकेनन् । कप्तान सन्दीप लामिछाने ३ रनमा अविजित रहे ।

विराटनगरका लागि पहिलो विकेटका शेहान जयासूर्या र लोकेश बमले ११ रनको साझेदारी गरेका थिए । त्यसपछि साझेदारी गर्न संघर्ष गरेको विराटनगरले ३५ रनमै ७ विकेट गुमाएको थियो । एन्जेलो र रुपेशले आठौं विकेटका लागि ४० बलमा ३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका हुन् ।

आठौं विकेटका लागि एन्जेलो म्याथ्युज र रुपेश सिंहले गरेको साझेदारी नै सर्वाधिक रनको साझेदारी गरे ।

काठमान्डुका लागि युवा बलर सन्तोष यादवले ३ ओभरमा ११ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । सहान अराचिगेले २ ओभरमा ७ रन खर्चेर २ विकेट लिए । जहानदान खानले ३.३ ओभरमा १९ रन खर्चेर २ विकेट लिए । कप्तान करण केसी, शाहब आलम र देव शाहले १-१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले महिला फुटबलको विकास र व्यावसायिकतालाई थप प्रोत्साहन गर्न महिला विश्वकपको पुरस्कार राशि दोब्बर बनाउने तयारी गरेको छ। सन् २०२७ मा ब्राजिलमा आयोजना हुने फिफा महिला विश्वकपका लागि पुरस्कार राशि २२ करोड अमेरिकी डलर पुर्‍याउने योजना फिफाले बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। फिफाको प्रस्ताव कार्यान्वयन भएमा आगामी महिला विश्वकपको पुरस्कार ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को १४ औं खेलमा जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गर्दै लुम्बिनी लायन्सले प्रतियोगितामा तेस्रो जित दर्ता गरेको छ। किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनाएको थियो। लुम्बिनीले दिएको १५० रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ८ विकेटको क्षतीमा १३३ ...
। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ । यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो । लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत ...
। इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति भएको खेलमा कोमोले पहिलो हाफमा तीन गोल गरेको थियो । तासोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । निको ...
। अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् । केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर स्टार्कले पहिलो इनिङ्समा ७२ ...