। काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् ।
चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।