। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ वर्षीया गीता तिमल्सिना रहेकी छन् ।
बिहीबार बिहान साढे ७ बजे आँखा अस्पतालबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र जडीबुटीबाट लोकन्थलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००४५ नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी तिमल्सिनालाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल, कौशलटार लगिएको थियो । उनको बिहान ७ः५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी काठमाडौंको शंखरापुर नगरपालिकाको पशु सेवा शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल, दुवाकोट लगिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्रक चालक पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–८ निवासी ३० वर्षीय राजकुमार महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।