मुख्य समाचार
लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण
लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण

। ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको छ ।

पार्कको नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजले संयुक्त रुपमा उद्घाटन गरे। ‛न्हु पुखु एभेन्यू’ नाम दिइएको यस सार्वजनिक स्थललाई स्वीजरल्याण्ड र नेपालबीचको अटुट मित्रताको प्रतिकको रुपमा लिइएको छ ।

ललितपुर महानगरसँग सम्झौता गरी स्वीस सरकारले आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण गरेको हो । महानगरका अनुसार यो पार्कको कुल निर्माण लागत दुई करोड २५ लाख रहेको छ । पार्कको क्षेत्रफल २ रोपनी चार आना रहेको छ । यो पार्क वडा नं. ५मा रहेको छ ।

पार्क उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चिरीबाबु महर्जनले स्वीजरल्याण्ड र नेपालका नागरिकबीचको सम्बन्धको प्रतीक भएको बताए । उनले भने, ‛नेपाल र स्वीजरल्याण्डबीच दौत्य सम्बन्ध स्थापित भएको ७० वर्षको अवसरमा स्वीस सरकारबाट पार्क बनाउने प्रस्ताव आयो, त्यसलाई हामीले स्वीकार ग-यौं, जुन ठाउँमा आज तपाई हामी छौं । ‍’

नचाहिने संरचनालाई हटाएर यहाँ पार्क बनाएको बताउँदै उनले भने, ‛ यो ठाउँ पहिला कस्तो थियो,तपाईंहरुलाई पनि थाहा छ, अहिले कस्तो भयो ।’ नगर प्रमुख महर्जनले यो पार्कलाई महानगर र महानगरबासीले आफ्ना सन्तानको स्याहार सुसार गरे झैं गरी स्याहार गर्ने बताउँदै नेपाल भ्रमण दोहोर्याएर गर्न स्वीस परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजको प्रतिनिधिमण्डललाई निम्ता दिए ।



उनले भने, ‛नेपाल एकपटक आएर पुग्दैन फेरि आउनुस् त्यतिबेला यहाँका अन्य पोखरीमा पनि पानी भरिभराउँ हुनेछन् , रातमा जुनकिरी आउनेछन् । ’ स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्दे्र पेजले ललितपुर महानगर र यहाँका नागरिकको न्यानो आतित्थ्यताको लागि धन्यवाद दिए ।

नेपालमा जस्तै स्वीजरल्याण्डमा पनि धेरै हिमाल भएको बताउँदै यो पार्कले दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएको बताए । नेपाल दोहोर्याएर आउन इच्छुक भएको बताउँदै पानीले भरिएको पोखरी हेर्न नेपाल आउने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ५९ वटा ऐन संशोधनको मस्यौदा तयार पारेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित इन्फ्रास्ट्रक्चर समिट, २०२६ लाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनअघि नै आवश्यक कानुनी तथा नीतिगत सुधारको काम पूरा गर्ने सरकारको तयारी रहेको बताएका हुन् । उनले यसपटकको लगानी सम्मेलन विदेशी लगानीकर्तालाई बोलाएर ठूला परियोजनाको सूची ...
। पर्सा प्रहरीले भन्सार कागजातमा उल्लेख भएभन्दा बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा प्रहरीले बुधबार राति करिब ११ बजे वीरगञ्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिएको हो । प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको मालवाहक ट्रक जाँच गर्दा भन्सार प्रज्ञापनपत्रमा ९६ क्यारेट माछा उल्लेख भएको तर ट्रकमा ४४ क्यारेट बढी ...
। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि सरकारी सहयोग र संस्थागत सहकार्य आवश्यक रहेको बताएका छन् । बेलायतको लण्डनमा वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल र संयुक्त राष्ट्रसङ्घीय पर्यटनद्वारा बुधबार आयोजित २०औँ मन्त्रीस्तरीय शिखर सम्मेलनमा मन्त्री पौडेलले जलवायु परिवर्तनले पर्यटन क्षेत्रमा पारेको जोखिम न्यूनीकरण गर्दै लैजानुपर्ने आवश्यकता औंल्याए । उनले ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् । ‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताइन् । न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउदाँ सामाजिक तथा संस्थागत विश्वसनीयता ...