मुख्य समाचार
मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह
मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह

: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो।

धार्मिक, सामाजिक तथा सांस्कृतिक सद्भावको प्रतीकका रूपमा रहेको छठ पर्वले आपसी मेलमिलाप, बन्धुत्व र राष्ट्रिय एकतालाई सुदृढ बनाउने विश्वास व्यक्त गर्दै मन्त्रालयले कुनै पनि जातजाति, वर्ग वा समुदायका आधारमा विभेद हुने गतिविधि नगर्न आग्रह गरेको छ।

नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको उल्लेख गर्दै मन्त्रालयले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ अनुसार जातीय आधारमा छुवाछुत तथा भेदभाव गर्नु दण्डनीय कसुर रहेको स्मरण गराएको छ।

मन्त्रालयले सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई अलग्याउने कार्य संविधानको मर्म, समानताको सिद्धान्त र कानुनी व्यवस्थाविपरीत हुने जनाएको छ।

यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न मन्त्रालयले अनुरोध गरेको छ।

सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको समान अधिकार, आत्मसम्मान तथा समावेशी सहभागितासहितको समतामूलक समाज निर्माणमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै सामाजिक सद्भाव, भाइचारा र समावेशी संस्कृतिको प्रवर्द्धन गर्नसमेत आग्रह गरिएको छ।

यसैबीच, मन्त्रालयले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करिब ८ महिनासम्म सरकारले गरेका काममा कसैले ‌औंला ठड्याउन नसकेको दाबी गरेका छन् । उनले यही अवस्था साढे चार वर्ष पनि कामय गर्दै अर्को चुनावमा झन् ठूलो शक्ति भएर आउने दाबी गरेका छन् । ‘साढे सात आठ महिना हुनलाग्दा पनि कसैलाई औँला ठड्याउन पाएको छैन । साढे ४ वर्ष यस्तै गरी ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मेलमिलापलाई भरोसायोग्य बनाउन न्यायधीशलाई मेलमिलापकर्ता बनाउने प्रस्ताव गरेको बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा बिहीबार भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले न्यायाधीशको रोहबरमा मेलमिलाप हुँदा थप विश्वासयोग्य हुने बताइन् । न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा संलग्न गराउदाँ सामाजिक तथा संस्थागत विश्वसनीयता ...
। काठमाडौंको चन्द्रागिरीमा पटकासहित एक जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–६ छापाली चोकबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको विभिन्न किसिमका पटका सहित सोही ठाउँ बस्ने २१ वर्षीय प्रशुन मान्नधरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त पटकाहरू सहित पक्राउ गरेको हो ...
। प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन दिए । निर्देशनको क्रममा नवनियुक्त आईजीपी केसीले अवस्थाको विषम परिस्थिती, संवेदनशील सूचना चुहावट र प्रतिशोधका विषयमा बोले । उनले कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए । व्यक्तिगत विषयलाई संगठनमा नजोड्ने र कसैप्रति पनि प्रतिशोधपूर्ण व्यवहार नहुने बताए । त्यस्तैगरी ...
। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–१ मनोहरा चोकस्थित सिद्धार्थ पेट्रोल पम्प अगाडि ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ५१ वर्षीया गीता तिमल्सिना रहेकी छन् । बिहीबार बिहान साढे ७ बजे आँखा अस्पतालबाट बाटो काटेर लोकन्थलीतर्फ आउँदै गरेको बा.प्र.०२–००१ ब ३०१८ नम्बरको मोटरसाइकल र ...