मुख्य समाचार
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु
ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा सवार पहिचान नखुलेका दुई जना पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको थियो । तर चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।


ट्रक चालक फरार रहेकाले खोजतलास भइरहेको छ भने दुवै सवारीसाधन कार्यालयतर्फ ल्याउने कार्य भइरहेको छ ।

मृतकका आफन्तको खोजी तथा पहिचान गर्ने कार्यसमेत भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा मध्यरातबाट ‘अपरेसन सभ्यता’ सञ्चालन गरेको छ । लेकसाइड क्षेत्रमा वातारण बिग्रिँदै गएको गुनासोपछि प्रहरीले मध्यरातबाट थालेको ‘अपरेसन सभ्यता’ मा २१ जना पक्राउ परेका छन् । लेकसाइड क्षेत्रमा पर्यटकलाई अनावश्यक दुःख दिने, दुव्र्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधि गर्ने क्रम बढेपछि नियन्त्रण र रोकथामका लागि अभियान सञ्चालन गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन ...
। ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मेलमिलापको माध्यमबाट समाधान भएका विवादलाई अदालतको फैसलासरह कार्यान्वयन गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएकी छिन् । बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा धारणा राख्दै उनले मेलमिलापबाट भएका सहमति कार्यान्वयनमा जटिलता रहेको बताइन् । मेलमिलापबाट विवाद टुङ्गिए पनि त्यसको कार्यान्वयन प्रभावकारी हुन नसकेको ...
। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नैतिक धरातल कमजोर नभएको प्रष्टीकरण दिएका छन्। बिहीबार एक भिडियो सन्देश जारी गर्दै थापाले पार्टीको आधिकारिकताको विषयलाई लिएर आफूलाई विवादमा मुछिएको भन्दै खण्डन गरेका हुन्। बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा आफूलाई बदनाम गर्न खोजिएको उनको भनाइ छ । ‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको ...
। ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको छ । पार्कको नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजले संयुक्त रुपमा उद्घाटन गरे। ‛न्हु पुखु एभेन्यू’ नाम दिइएको ...
। नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ दिनको म्याद पाएका उद्योगीले आज बिहीबार आफ्नो ३ बुँदे लिखित जवाफ निगमलाई बुझाएका हुन् । निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने ...