। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका लागि अस्ट्रेलियाका राजदूत साइमन अर्न्स्टबीच द्विपक्षीय व्यापार, लगानी प्रवर्द्धन र आर्थिक सहकार्यबारे छलफल भएको छ ।
भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउँदै आर्थिक साझेदारीका नयाँ सम्भावना अघि बढाउने विषयमा कुराकानी भएको छ ।
त्यस अवसरमा मन्त्री साहले भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको बाढीको समयमा अस्ट्रेलिया सरकारले दिएको मानवीय सहयोग र सद्भावप्रति धन्यवाद दिए ।
आगामी दिनमा नेपाल र अस्ट्रेलियाबीच व्यापार विस्तार तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य थप सुदृढ बनाउँदै लैजाने विषयमा दुवै पक्षले विचारविमर्श गरेका छन् ।