मुख्य समाचार
पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने
पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने

। पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर) स्थित लोकाहा खोलाको पुरानो ट्रस ब्रिज सञ्चालनमा आउन अझै करिब दुई साता लाग्ने भएको छ ।

पुलको स्ल्याबमा समस्या देखिएपछि हाल मर्मत कार्य भइरहेको छ ।
मर्मत कार्य सम्पन्न गर्न करिब दुई साता लाग्ने अनुमान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पुल मर्मत अवधिभर उक्त खण्डमा सवारी आवागमनका लागि नयाँ पुल प्रयोग भइरहेको छ । पुरानो पुलमा देखिएको समस्या समाधान गरी मर्मत कार्य सम्पन्न भएपछि मात्रै त्यसलाई पुनः सञ्चालनमा ल्याइनेछ ।

यससँगै लोकाहा खोला पुल हुँदै यात्रा गर्ने सवारीसाधनले थप दुई सातासम्म नयाँ पुलबाटै आवतजावत गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ललितपुर महानगरले लगनखेलस्थित न्हु पोखरीसँगै सार्वजनिक पार्क ‛न्हु पुखु एभेन्यू’ निर्माण गरेको छ । स्वीस सरकारको आर्थिक र प्राविधिक सहयोगमा यो पार्क निर्माण भएको हो । उक्त पार्कको बिहीबार उद्घाटन गरिएको छ । पार्कको नगर प्रमुख चिरीबाबु महर्जन र स्वीस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रेर पेजले संयुक्त रुपमा उद्घाटन गरे। ‛न्हु पुखु एभेन्यू’ नाम दिइएको ...
। नेपाल आयल निगमले ग्यासको दोहोरो मूल्य प्रणाली लागु गर्न अघि सारेको प्रस्तावमा नेपाल एलपी ग्यास उद्योग संघले आफ्नो औपचारिक धारणा पेस गरेको छ । १३ कात्तिकमा निगम केन्द्रीय कार्यालयमा भएको छलफलपछि ७ दिनको म्याद पाएका उद्योगीले आज बिहीबार आफ्नो ३ बुँदे लिखित जवाफ निगमलाई बुझाएका हुन् । निगमले व्यावसायिक प्रयोजनका लागि छुट्टै तौलका सिलिन्डर प्रयोगमा ल्याउने ...
: नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। उनले सरकारले त्यस्तो कदम चाले त्यसको राजनीतिक प्रतिरोध गर्ने बताए। ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको ...
। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र ...