मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्किए
प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्किए

: प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेर भारतीय विदेश सचिव विक्रम मिश्री स्वदेश फर्किएका छन्।

प्रधानमन्त्री शाहलाई औपचारिकरूपमा भारत भ्रमणको निम्तो दिन दुई दिनका लागि काठमाडौं आएका मिश्रीले उच्च स्तरीय राजनीतिक भेटघाट गरे।

बिहीबार सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उनले प्रधानमन्त्री शाहसँग भारत भ्रमण र त्यसक्रममा उठाउनुपर्ने एजेण्डाका विषयमा छलफल गरेका थिए। उनीहरूबीच भारत भ्रमणको मितिबारे पनि छलफल भएको स्रोतको दाबी छ।

तर, दुवै पक्ष बसेर मोटामोटी मिति टुंग्याए पनि यस विषयमा औपचारिक रूपमा दुवै पक्षले बताएको छैन। मिश्री भारत पुगेपछि त्यहाँका अधिकारीहरूसँग छलफल गरेपछि मिति सार्वजनिक हुने स्रोतले दाबी गरेको छ।

प्रधानमन्त्रीसँग भेटेलगत्तै विदेश सचिव मिश्री रास्वपा सभापति लामिछानेलाई भेट्न उनको निवास पुगेका थिए। उनीहरूबीच नेपाल र भारतको द्विपक्षीय हितका विषयमा छलफल भएको थियो। 'उहाँहरूबीच दुई देशबीचको द्विपक्षीय हितका विषयमा छलफल भयो,' रास्वपा एक पदाधिकारीले अन्नपूर्णसँग भने।

त्यस्तै भारतीय विदेश सचिव मिश्रीले नेपाली कांग्रेस एक शीर्ष तहका नेतासँग समेत 'गोप्य' भेटघाट गरेको स्रोतले बताएको छ। यद्यपि, उक्त विषय दुवै पक्षले सार्वजनिक गरेको छैन। कांग्रेसका एक नेताले उक्त भेटघाट बारे पुष्टि गरे पनि नाम भने बताउन चाहेनन्।

बुधबार दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, पूर्वाधार मन्त्री सुनिल लम्साल र ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग भेट गरेका थिए। भेटमा नेपाल र भारतबीचको सम्बन्धलाई सुदृढ बनाउने र आपसी हितका विषयमा छलफल भएको मन्त्रीका सचिवालयहरूले जनाएका छन्।

त्यस्तै विदेश सचिव मिश्रीले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईसँग द्विपक्षीय वार्ता गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुई पक्षबीच नेपाल र भारतका विभिन्न पक्षबारे बृहत् छलफल भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली कांग्रेसका महामन्त्री उदयशमशेर राणाले पार्टी सभापति गगनकुमार थापामाथि सरकारले प्रतिशोधपूर्ण कदम चाल्न खोजे चुप लागेर नबस्ने बताएका छन्। नेपाली कांग्रेस क्षेत्र नम्बर १ ललितपुरले बज्रबाराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै राणाले बिचौलिया इनाम सापकोटाको बयानलाई आधार बनाएर सभापति थापालाई पक्राउ गर्ने प्रयास भइरहेको दाबी गरे। उनले सरकारले त्यस्तो कदम चाले त्यसको राजनीतिक प्रतिरोध गर्ने बताए। ...
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको ...
। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले‍ मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय भएको बताएकी हुन्। उनले भनिन्,‘मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि हुँदैन, न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय हो।’ मन्त्री गौतमले मेलमिलाप न्यायमा सहज पहुँच, ...
। आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा उनका वकिलहरू पुगेका हुन् । सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट ...