मुख्य समाचार
गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता
गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता

: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापा र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ।

काठमाडौंको द्वारिकाज होटलमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल-भारत सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो।

त्यसअघि भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका थिए।

दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिश्री स्वदेश फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न र सबै समुदायको समान सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्वका क्रममा दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी अभ्यास नगर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको ...
। सिरहामा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडक खण्डमा ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत् प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र ...
: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले‍ मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि नभएको बताएकी छन्। उनले न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय भएको बताएकी हुन्। उनले भनिन्,‘मुद्दा मामिलामा न्यायको अर्थ सधैँ फैसला गर्नु मात्र पनि हुँदैन, न्यायोचित ढंगबाट विवादको समाधान गर्नु पनि न्याय हो।’ मन्त्री गौतमले मेलमिलाप न्यायमा सहज पहुँच, ...
। आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् । रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा उनका वकिलहरू पुगेका हुन् । सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् । अदालतको प्रशासनिक प्रक्रिया पूरा भएपछिमात्रै उनले लिएर गएको रिट ...
। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले १७ महिना कार्यकाल बाँकी छँदै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको कदमको आलोचना गरेका छन् । आङ्देम्बेले नागरिक बाढीपहिरो, विस्थापन र महँगीको मारमा परिरहेका बेला सरकार भने प्रहरी नेतृत्व परिवर्तनमा केन्द्रित भएको भन्दै असन्तुष्टि पोखेका हुन् । ‘के अहिले देशको राष्ट्रिय आवश्यकता नै आईजीपी ...