मुख्य समाचार
ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश
ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश

। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा लगातार सातौं हार बेहोरे पनि ओमान शीर्ष चारमा रहँदै सन् २०२७ को विश्वकप छनोटमा सोझै प्रवेश गरेको छ ।

यूएईविरुद्ध बुधबार भएको अन्तिम खेलमा हार बेहोरे पनि आवश्यक रनको सीमा पार गरेर नेट रन रेटमा नामिबिया भन्दा अगाडि रहँदै ओमानले शीर्ष चारमा स्थान पक्का गरेको हो ।

लिग–२ को २०२४–२०२६ चक्रअन्तर्गत अन्तिम खेलमा यूएईले दिएको २२७ रनको लक्ष्य पछ्याएको ओमानले ५० ओभरमा ९ विकेट गुमाएर १८४ रन बनायो । १०३ रन पूरा गरेपछि ओमान शीर्ष चारमा रहने निश्चित भएको थियो । खेलअघि ओमानलाई जित वा नेट रनरेटमा नामिबियाभन्दा अगाडि रहने गरी ठूलो अन्तरको हारबाट बच्नुपर्ने अवस्था थियो ।

पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २२६ रन बनाएको थियो । ओमानका शाकिल अहमदले १० ओभरमा ४२ रन खर्चेर तीन विकेट लिए । यूएईका लागि बासिल हमिदले सर्वाधिक ४३ रन बनाए ।


जवाफमा ओमानले खराब सुरुवात गर्दै ११औं ओभरसम्म २८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । हम्माद मिर्जा र विनायक शुक्लाले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि टोलीले नियमित अन्तरमा विकेट गुमायो ।

६८ रनमा पाँच विकेट गुमाएको ओमानका लागि मुजीबुर अली र नारायण सैशिवले महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई १०३ रनको सीमापारि पुर्‍याए ।

लिग–२ को शीर्ष चारमा अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्सले यसअघि नै स्थान पक्का गरिसकेका थिए । अमेरिका ४९ अंकसहित तालिकाको शीर्ष स्थानमा रह्यो । ओमानले अन्तिम स्थान सुरक्षित गरेसँगै यी चार टोलीले विश्वकप छनोटमा सोझै प्रवेश पाएका छन् ।

शीर्ष चारमा पर्न नसकेका नेपाल, नामिबिया, क्यानडा र यूएईले अब विश्वकप छनोट प्लेअफ खेल्नेछन् । उनीहरूसँगै च्यालेन्ज लिग समूहबाट छनोट भएका जर्सी, इटाली, कुवेत र युगान्डाले पनि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन् ।

प्लेअफ प्रतियोगिता आगामी डिसेम्बर ४ देखि २१ सम्म नेपालमा आयोजना हुनेछ । आठ टोलीबीच हुने प्रतियोगिताबाट चार टोलीले विश्वकप छनोटमा स्थान बनाउनेछन् । त्यसपछि छनोट प्रतियोगिताबाट सन् २०२७ को ओडीआई विश्वकपमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इटालियन क्लब कोमोले यूईएफए च्याम्पियन्स लिगमा फ्रान्सेली क्लब लेन्सलाई ९–१ को फराकिलो अन्तरले पराजित गरेको छ । कोमोले प्रतियोगिताको इतिहासमा एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरेको हो । बुधबार राति भएको खेलमा कोमोले पहिलो हाफमा तीन गोल गरेको थियो । तासोस डुभिकासले सातौं र ३२औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । निको ...
। अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् । केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर स्टार्कले पहिलो इनिङ्समा ७२ ...
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ कायमै छ । नेपाली पुरुष टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका ...
। कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो ...
। दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल खाएको थियो । रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि ...