मुख्य समाचार
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

। वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ ।

वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो ।

वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले वैदेशिक रोजगारी क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउने उद्देश्यले सेवा सुरु गरिएको जानकारी दिए ।

‘वैदेशिक रोजगारका क्रममा जीवन गुमाउने नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ थोरै भए पनि सहज होस् भन्ने उद्देश्यसाथ यो सेवा सुरु गरेका हौं,’ उप्रेतीले भने ।


वैदेशिक रोजगारी क्रममा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याउने प्रक्रियामा परिवार तथा आफन्तले विमानस्थलमा लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको छ ।

यस्तो अवस्थामा उनीहरूलाई बस्न तथा विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले प्रतीक्षालय स्थापना गरिएको बोर्डले जनाएको छ ।



बोर्डले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । विदेशमा नेपाली श्रमिक अंगभंग हुने तथा ज्यान गुमाउने अवस्था आउन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वप्रस्थान अभिमुखीकरण तालिम व्यवस्थित तथा प्रभावकारी बनाउने र डिजिटल सामग्री श्रमिक तथा समुदायस्तरसम्म पुर्‍याउने काम भइरहेको उप्रेतीले बताए ।

१८ वटा उद्देश्य राखेर स्थापना भएको बोर्डले नयाँ तथा फलदायी श्रम गन्तव्यको पहिचान गर्ने र गन्तव्य मुलुकसँग गरिने श्रम सम्झौतामा श्रमिकको हित तथा सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक समन्वय र सहकार्य गर्दै आएको छ ।

त्यस्तै वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरणमा सहयोग पुर्‍याउने, सिपमूलक तालिम सञ्चालन गर्ने तथा सिप प्रमाणीकरणमा सहायता गर्ने कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक काम अघि बढाइएको बोर्डले जनाएको छ ।

वैदेशिक रोजगार बोर्ड स्थापना दिवस अवसरमा कार्यकारी निर्देशक उप्रेतीले श्रमिकको हित, सुरक्षा र कल्याणका लागि बोर्डले आफ्नो कार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिबाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिबाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त ...
। सरकारले निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृत(सीईओ)मा पिताम्बर भण्डारीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा उहाँलाई सो पदमा नियुक्त गरेको हो । बुधबार मन्त्रालय आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भण्डारीलाई नियुक्ति पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना दिए । यस्तै उनले संस्थाको गरिमा र नागरिकको निक्षेप सुरक्षाको जिम्मेवारीमा कटिबद्ध हुन ...
। डा. गोविन्द केसीले सरकारद्वारा गठित वार्ता टोलीसँग वार्ता गर्न अस्वीकार गरेका छन् । बुधबार साँझ वार्ताका लागि शिक्षण अस्पताल पुगेको टोलीलाई डा. केसीले यही सन्देश दिँदै फिर्ता पठाइदिएका छन् । डा. केसीले गत साउन ११ को सहमतिमा दुईजना सचिवले हस्ताक्षर गर्दा पनि त्यसलाई अपनत्व लिएर कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढेको भन्दै अगाडि भएका तथा अहिले हुने ...
। रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ३० लाख रुपैयाँ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको ...
। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आईजीपी केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च पदमा पदोन्नति गरेकामा नेपाल ...