मुख्य समाचार
प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन
प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन

। गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।

नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा गृहमन्त्री गुरुङले प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्ने बताएका हुन्।
उनले भने, ‘नागरिकसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुहोला। नागरिक र प्रहरीबीचको ग्याप अब रहनु हुँदैन। दूरी कम हुँदै गएको छ, यसलाई अझै घटाउँदै लैजानुपर्छ।’

गृहमन्त्री गुरुङले सकारात्मक कामका लागि गृह मन्त्रालय सधैँ प्रहरी संगठनको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। प्रहरीलाई काम गर्ने क्रममा कुनै कठिनाइ भए मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।


उनले प्रहरी संगठनलाई अझै बलियो, व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको भूमिका महत्वपूर्ण रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले सबै प्रहरी कर्मचारीहरू एकढिक्का भई नेपाल सरकार र आमनागरिकको अपेक्षाअनुरूप काम गर्नु आवश्यक रहेको बताएका छन् । प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहमा प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आईजीपी केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च पदमा पदोन्नति गरेकामा नेपाल ...
। वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले वैदेशिक रोजगारी क्रममा जीवन ...
। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, ...
। रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको ‘भिटो पावर’ लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन विभागका निर्देशक किहिल लोग्विनोभले रुसी समाचार एजेन्सी ‘तास’ लाई दिएको अन्तर्वार्तामा मस्कोको आधिकारिक अडान सार्वजनिक गर्दै उक्त टिप्पणी गरेका हुन्। लोग्विनोभले ...
। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् । गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र ...