मुख्य समाचार
नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान
नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान

। नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।

केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।


दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो ।

कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

प्रहरी इतिहासमै पहिलो पल्ट गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि अहिले गृहमन्त्री गुरुङले आईजीपीलाई फुली लगाइदिएका हुन् ।

सुरुमा अवकाशमा जाँदै गरेका आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाउने चलन थियो । प्रधानको पालामा त्यो चलन तोडियो । त्यसपछि गृहसचिवले फुली लगाइदिने चलन थियो । अहिले फेरि गृहमन्त्रीले फुली लगाइदिएका छन् ।

गृहमन्त्रीको कार्यभार सम्हालेको तीन दिनपछि १६ चैतमा प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न गुरुङ पुगेका थिए । सो क्रममा उनले भनेका थिए, ‘अब नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्छौं । त्यसका लागि म पहल गर्छु।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना दिवस अवसर पारेर बुधबारदेखि उक्त प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको हो । वैदेशिक रोजगार बोर्ड कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले वैदेशिक रोजगारी क्रममा जीवन ...
। जनकपुरधाम रेल्वे सेवाको प्रभावकारी सञ्चालन तथा व्यवस्थापन गरी यात्रुमैत्री बनाउन माग गर्दै जनसरोकार अभियानले नेपाल रेल्वे कम्पनीलाई मागपत्र बुझाएको छ । अभियानका अध्यक्ष जितेन्द्र महतो नेतृत्वको टोलीले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई दृष्टिगत गर्दै रेल सेवालाई थप व्यवस्थित, सुरक्षित र सुविधासम्पन्न बनाउन आग्रह गरेको हो । अभियानले रेल यात्रुको सहज आवागमन, रेल्वे प्लेटफर्मको नियमित सरसफाइ, ...
। रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको ‘भिटो पावर’ लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन विभागका निर्देशक किहिल लोग्विनोभले रुसी समाचार एजेन्सी ‘तास’ लाई दिएको अन्तर्वार्तामा मस्कोको आधिकारिक अडान सार्वजनिक गर्दै उक्त टिप्पणी गरेका हुन्। लोग्विनोभले ...
। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् । गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र ...
: नेपाली कांग्रेसले आफूहरूमाथि लागेको आर्थिक कारोबारको विषयमा आपत्ति जनाएको छ। पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको अडियो प्रकरण नियोजित रहेको बताए। 'हामीमाथि लगाइएको आरोप, तथाकथित अडियो बयान र प्रचार निराधार, कपोलकल्पित र नियोजित छन्। यस्तो षडयन्त्रका पछाडि र संलग्न पात्रहरूका विषयमा समयक्रममा थप उजागर हुँदैछ हुँदै जानेछन्,' उनले भने। उनले कांग्रेसमाथि लगाइएको आरोपका बारेमा निष्पक्ष ...