मुख्य समाचार
गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन
गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन

: गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन दिएका छन्। नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरुङले नागरिकसँग नजिक हुनका लागि विशेष ध्यान दिन निर्देशन दिए।

'प्रहरी र नागरिकबीच दूरी छ। त्यो दूरी आगामी दिनमा नदेखियोस्,' उनले भने। गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं तयार रहने बताए।

उनले फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्न पनि नवनियुक्त आईजीपीलाई निर्देशन दिए।
त्यस्तै नवनियुक्त आईजीपी केसीले जनतासँगको सम्बन्ध नै प्रहरीको प्रमुख असेट रहेको बताए। उनले प्रहरीलाई आवश्यक स्रोत साधन र कानुनी स्पष्टताका लागि सरकारलाई आग्रह गरे। उनले नेपाल प्रहरी जनताका लागि भएको भन्दै सूचना र सचेतना नै सबैभन्दा ठूलो कुरा भएको बताए।

उनले आफू नागरिको सुरक्षा र सम्मान र संगठनका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद् मा स्थायी सदस्य राष्ट्रहरूले प्रयोग गर्दै आएको ‘भिटो पावर’ लाई सीमित वा नियन्त्रण गर्ने कुनै पनि प्रस्ताव वा प्रयासलाई कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेको छ। रुसी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन विभागका निर्देशक किहिल लोग्विनोभले रुसी समाचार एजेन्सी ‘तास’ लाई दिएको अन्तर्वार्तामा मस्कोको आधिकारिक अडान सार्वजनिक गर्दै उक्त टिप्पणी गरेका हुन्। लोग्विनोभले ...
। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले आधारभूत तहका प्रहरी कर्मचारी (कार्यालय सहयोगीदेखि बरिष्ठ हवल्दारसम्म)को गुनासो सुन्न संयन्त्र बनाइने बताएका छन् । गृहमन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यालयमा फुली लगाइसकेपछि सम्बोधन गर्दै केसीले उक्त कुरा बताएका हुन् । ‘आधारभूत तहका प्रहरी कर्मचारीको गुनासो सुन्न तत्काल संयन्त्र सञ्चालन गर्नेछौं । सचिवालयमा त्यो संयन्त्र ...
: नेपाली कांग्रेसले आफूहरूमाथि लागेको आर्थिक कारोबारको विषयमा आपत्ति जनाएको छ। पार्टीका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटाको अडियो प्रकरण नियोजित रहेको बताए। 'हामीमाथि लगाइएको आरोप, तथाकथित अडियो बयान र प्रचार निराधार, कपोलकल्पित र नियोजित छन्। यस्तो षडयन्त्रका पछाडि र संलग्न पात्रहरूका विषयमा समयक्रममा थप उजागर हुँदैछ हुँदै जानेछन्,' उनले भने। उनले कांग्रेसमाथि लगाइएको आरोपका बारेमा निष्पक्ष ...
। सरकारले नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवाको सुनिश्चितता दिलाउने उद्देश्यले ‘नेपाल प्रत्यायन केन्द्र’ सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत स्थापित यस केन्द्रको बुधबार विभागीय मन्त्री दीपककुमार साहले काठमाडौं त्रिपुरेश्वरमा औपचारिक उद्घाटन गरे । सरकारले यस केन्द्रको स्थापनालाई नेपालको औद्योगिक विकास र व्यापार सहजीकरणको क्षेत्रमा एउटा महत्त्वपूर्ण ...
: चितवनको इच्छाकामना गाउँपालिका–६, जलबिरेस्थित लामो झरना खोलामा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार बुधबार दिउँसो करिब १४:३० बजे जलबिरे झरनाबाट फर्किंदै गरेको डब्लु.बी. ०२.ए.पी. ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो। दुर्घटनामा ज्यान गुमाएका पुरुषको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको छ। प्रारम्भिक ...