मुख्य समाचार
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश
अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

। अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा पाकिस्तान पठाउन नपाइने फैसला सुनाएका छन्।

निर्वासनको सूचीमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गर्नुअघि अमेरिकी सेनालाई सहयोग गरेका व्यक्तिका आफन्तसमेत रहेको अफगानइभाक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शन भ्यानडाइभरले पूर्वसैनिक, अधिकारकर्मी, कङ्ग्रेसका ६६ सदस्य र हजारौँ अमेरिकी नागरिकको प्रयासबाट प्रस्तावित उडान रोकिएको बताएका छन्।

तालिबानले आममाफी घोषणा गरे पनि संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हत्या, गैरकानूनी हिरासत र दुर्व्यवहारका घटना अभिलेख गरेको छ । यसैबीच, पाकिस्तानले पनि आफ्नो देशमा रहेका लाखौँ अफगानीलाई फर्काउने नीति अघि बढाएको छ । गत अक्टोबरमा दुई देशबीच भएको घातक सीमा झडपपछि आवागमन लगभग बन्द छ ।


ट्रम्प प्रशासनले यसअघि अफगानिस्तानसहित विभिन्न देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउनुका साथै विशेष आप्रवासी भिसा पाएका केही अफगानीको निर्वासन सुरक्षा अन्त्य गर्ने प्रयास गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी मध्यावधि निर्वाचनको नतिजालाई भन्सार शुल्कमा राहत खोजिरहेका क्यानडेली नागरिकले ‘विजय’ का रूपमा लिएका छन् । अमेरिकी मतदाताले राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिप्रति असन्तुष्टि देखाउँदै डेमोक्र्याटलाई जिताएपछि क्यानडाले अमेरिकासँगको व्यापार वार्तामा अनुकूल वातावरण बन्ने अपेक्षा गरेको छ । क्यानडाको ओन्टारियो प्रान्तका मुख्यमन्त्री डग फोर्डले निर्वाचन परिणामलाई ‘क्यानडाको विजय’ भन्दै खुसी व्यक्त गरेका छन् । उनले ...
। इजरायलको केन्द्रीय निर्वाचन समितिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अरब दलहरूमाथि लगाएको निर्वाचनमा धाँधलीको आरोप अस्वीकार गरेको छ । समितिले नौ हजार ६९ मतदान केन्द्रको लेखापरीक्षण गर्दा निर्वाचन परिणाममा अनियमितता भएको प्रमाण नभेटिएको जनाएको छ । समितिका अनुसार घोषित परिणामले मतदाताको इच्छालाई सही रूपमा प्रतिबिम्बित गरेको छ । यसैबीच, राष्ट्रपति आइज्याक हर्जोगले बुधबार निर्वाचनको आधिकारिक परिणाम प्राप्त ...
: युक्रेनले रुसी सेनाको दोहोरो हवाई बम आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको घटनासम्बन्धी प्रहरीको बडीक्याम भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा मानवीय सहायता वितरण केन्द्र र भूमिगत आश्रयस्थललाई निशाना बनाइएको युक्रेनको दाबी छ । युक्रेनको राष्ट्रिय प्रहरीले बुधबार सार्वजनिक गरेको भिडियोमा पहिलो बम विस्फोटपछि दक्षिणी गाउँ कामिशुभाखाका स्थानीय बासिन्दा भूमिगत आश्रयस्थलतर्फ गएको देखिन्छ । त्यसको ...
: इजरायलमा आमनिर्वाचनपछि कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् । गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनको आधिकारिक नतिजा प्राप्त गरेपछि राष्ट्रपति हर्जोगले बुधबार साँझदेखि दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । उनले अर्को निर्वाचन हुन नदिन दलहरूलाई आफ्ना सबै प्रतिबद्धता ...
। इरानी संसद्‌का सभामुख एमबी गालिबाफले अमेरिकी मध्यावधि चुनावको नतिजाबारे टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘चाहे चेतनाको आवाज होस् या जीविकोपार्जनको प्रश्न, अमेरिकी जनताले युद्धको विरुद्धमा ‘नाईँ’ भनेका छन्। हामी उनीहरूको यो सन्देशको समर्थन गर्छौँ।’ उनले अगाडि लेखेका छन्, ‘यदि अमेरिकी सरकार अन्तर्राष्ट्रिय मालिकहरू र ब्ल्याकमेल गर्नेहरूको दबाबमा परेर आफ्ना जनताको इच्छाविपरीत जान्छ ...