मुख्य समाचार
पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न
पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न

। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो समय पत्रकारहरू असुरक्षित भइरहेको भन्दै सञ्चारकर्मीको सुरक्षामाथि प्रश्न उठाएका छन् ।

पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै शर्माले पत्रकारहरू आफैँ सुरक्षित छन् कि छैनन् भनेर प्रश्न गरेका छन् ।

‘प्रतिपक्षीकै कार्यालयमा गएर नै सही, बुम अगाडि तेस्र्याउँदै गर्दा पत्रकार साथीहरूको हातमा कहीँ न कहीँ कालोपट्टी होला भन्ने मलाई अनुमान लागेको थियो,’ शर्माले सानेपामा आयोजित पत्रकार सम्मेलनमा भने ।

पत्रकारहरू आफ्नो विमति खरो रूपमा राखिरहेको अपेक्षा गरेको उल्लेख गर्दै उनले प्रतिपक्षी दलको कार्यालयदेखि सिंहदरबार र बालुवाटारसम्म पुगेर प्रधानमन्त्रीकै अगाडि पनि पत्रकारहरूले आफ्ना असहमति र असन्तुष्टि अभिव्यक्त गर्न सक्नुपर्ने बताए ।


‘मैले तपाईंहरू कसैको हातमा कालोपट्टी देखिनँ । त्यसैले तपाईंहरूलाई सोध्न चाहन्छु, सबैभन्दा पहिले– तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?’ उपसभापति शर्माले पत्रकारहरूलाई प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन् । मन्त्री पोखरेलले बुधबार फेसबुकमार्फत यो कुरा सार्वजनिक गरेका हुन् । ‘हामीले मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि त्रिभुवन विश्वविद्यालय (त्रिवि) को गुमेको गरिमा फर्काउन र यसका सम्पत्तिको पूर्ण संरक्षण गर्न दृढ कदम चाल्ने संकल्प लिएका थियौँ,’ मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन्, ‘वर्षौंदेखि ...
। अध्यागमन विभागले पर्यटकलाई अनुमतिविना निषेधित क्षेत्र प्रवेश गराउने ट्रेकिङ एजेन्सी र गाइडलाई जरिबाना तथा कारबाही गरेको छ । बेल्जियमका दुई पर्यटकलाई पदयात्रा अनुमतिविना डोल्पाको डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजिएको र सोही क्रममा स्थानीय प्रशासनको निर्देशन समेत अवज्ञा गरेको विभागले जनाएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय डोल्पाले पत्रमार्फत विभागलाई जानकारी गराएको थियो । विभागले उक्त कार्यमा संलग्न ...
: नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विचौलिया भनिएका इनम सापकोटाको प्रहरीले नियन्त्रणमा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनकहाँ कसरी पुग्यो भन्दै प्रश्न गरेका छन्। अनुसन्धानका क्रममा प्रहरीले कब्जामा लिएको मोबाइल प्रधानमन्त्रीका सल्लाहकारको हातमा पुग्नु र त्यसबाट के तथ्य मेटाउन खोजिएको हो भन्ने विषय गम्भीर रहेको उनको भनाइ छ। कांग्रेसमाथि आर्थिक कारोबारको आरोप लगाउँदै सार्वजनिक गरिएको ...
। नेपाली कांग्रेसले वैधानिकताको विषयमा उठेको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विशेष बैठकमार्फत कांग्रेसले वैधानिकताको विषयमा लगाइएको आरोपको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय अनुसन्धान गर्न माग गरेको हो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विशेष बैठकले वैधानिकताको सन्दर्भमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, ...
। गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। नवनियुक्त प्रहरी महानिरीक्षक डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने क्रममा गृहमन्त्री गुरुङले प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्नेमा जोड दिँदै नागरिक र प्रहरीबीचको दूरी घटाउनुपर्ने बताएका हुन्। उनले भने, ‘नागरिकसँग कसरी व्यवहार गर्ने भन्ने ...