मुख्य समाचार
मलेसियाली रोजगारीको अन्योल
मलेसियाली रोजगारीको अन्योल

औपचारिक रूपमा बन्द नभए पनि मलेसियाका लागि नेपाली युवा श्रमिकले प्रवेशाज्ञा पाउन छाडेका छन्। असोज १५ देखिको यो अवस्थाको भविष्य के हो ? अन्योल छ। पुरानै प्रवेशाज्ञावाहक युवाका अलावा अरूलाई मलेसियाली दैलो बन्द छ।

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स पठाउने देशमध्ये पाँचौंमा पर्छ, मलेसिया। अहिले चार लाख हाराहारीका नेपालीले त्यहाँ काम गरिरहेका छन्। वर्षको एक खर्ब रुपैयाँ हाराहारी रेमिट्यान्स त्यहाँ गएका नेपालीले पठाउँदै आएका छन्। मलेसियाली सरकारले विदेशी श्रमिक केन्द्रित नयाँ नीति नियम लागु गर्‍यो, नेपाल सरकार त्यसमा सहमत हुन सक्ने देखिएन र त्यहाँ नेपाली श्रमिक जाने बाटोमा अवरोध सिर्जना भएको छ। मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकृत २५ वटा म्यानपावर कम्पनीमार्फतमात्रै कामदार पठाउने भन्ने मलेसियाली प्रावधानमा नेपाल सहमत हुन नसक्नु स्वाभाविक हो। अनि उसले २ सय ५० सहायक कम्पनीमार्फत बायोमेडिकल प्रक्रिया स्वीकार्ने, ३६ स्वास्थ्य संस्थाको स्वास्थ्य परीक्षण रिपोर्ट मान्ने भन्ने व्यवस्था नै आजको दिनमा मलेसियाली रोजगारी अन्योलमा पर्नुका कारण हुन्।

नेपाल जबरजस्ती मलेसियाली नीति नियमलाई स्वीकार्न पनि सक्दैन र कामदार नपठाउन पनि। कामदार नपठाउँदा बेरोजगार बस्नुपर्ने नेपालीले नै हो। देशले पनि रेमिट्यान्स आय गुमाउने हो। तर आफ्नो देशका म्यानपावर कम्पनी कुन के कस्ता छन् र कसलाई कामको अनुमति दिने भन्ने विषयचाहिँ पक्कै पनि नेपाल देशकै अधिकार क्षेत्रको मामला हो। यसको मतलव नेपाल सरकारमा दर्ता सबै म्यानपावर कम्पनी जो जसले पनि मलेसिया रोजगारीमा पठाउने अनुमति पाउनुपर्छ भन्ने हुँदैन। नेपाल त्यस्तो तर्कमा पनि छैन। तर म्यानपावर कम्पनीको विश्वसनीयता, क्षमता, कामदार छनोटको पारदर्शिता र निष्पक्षताजस्ता विषय नेपाल सरकारको अनिवार्य चासोका विषय हुन् हुनुपर्छ।

यसै पनि मलेसिया र नेपालको द्विपक्षीय श्रम सम्झौताले निष्पक्ष, खुला र पारदर्शी प्रक्रिया नै शिरोधार्य गर्नुपर्छ। मलेसियाले नै रोजेका निश्चित म्यानपावर कम्पनीको हातमा मात्रै कामदार पठाउने अधिकार हुनु भनेको एकाधिकार अर्थात् सिन्डिकेट हो। सरकार यस्तोमा मूकदर्शक बस्न सक्दैन र हुँदैन। सोही कारण पनि प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाली समकक्षीसँग श्रमिक रोजगारीका विषयमा संवाद गरिसकेका छन्। बरु परिणाम आजसम्म नदेखिनु दुःखद् हो। हो, यो मामिलाको हल संवाद र कूटनीतिक पहलकै बाटोबाट खोजिनुपर्छ।

वैदेशिक रोजगारीमा युवा पठाउने नेपालको प्राथमिकता हुनु हुँदैन, स्वदेशमै रोजगारी सिर्जना हुनुपर्छ। त्यसो भन्दैमा तत्काल मलेसियाली रोजगारी गुम्नु हुँदैन, अरू कुनै पनि। एकैचोटि लाखौंलाखको वैदेशिक रोजगारीको अवसर गुम्दा नेपालले स्वदेशमै अवसर दिनसक्ने अवस्था नहुनु कटु यथार्थ हो, जसलाई अस्वीकार गर्नु भूल हुन्छ। मलेसियासँग श्रम सम्झौता नवीकरणको बेला पनि आउँदैछ। मंसिर पहिला वा अन्तिम साता दुई देशबीच श्रम सम्बन्धकै औपचारिक वार्ताका लागि बैठक पनि बस्दैछ। त्यसअघि नै हामीले समस्याको समाधानका लागि गहन गृहकार्य गर्नु आवश्यक छ।

श्रम सम्झौता नवीकरणमा द्विपक्षीय हित र खासगरी कामदारको हितको प्राथमिकताका बुँदाहरूलाई समेट्ने तयारी आजैबाट गर्नुपर्छ। अहिलेलाई मलेसियाली एफडब्लूसीएमएसको नीतिबाट प्रभावित हामीजस्तै अरू मुलुकहरूसँग पनि संवाद गरी एकमुष्ठ समाधानको खोजी पनि नेपालले गर्नु आवश्यक छ। मलेसियाली रोजगारीमा मडारिएको यो अन्योलको बादल धेरै समय राखिराख्नु हुँदैन। नेपालको प्राथमिकता आफ्ना नागरिकको रोजगारीसँगै शोषणमुक्तिको सुनिश्चितता, सुरक्षा, उचित पारि श्रमिक र स्वाभिमान हुनैपर्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष लिङ्देनले आइजीपी हटाउनेदेखि विभिन्न निकायका कर्मचारीलाई प्रधानमन्त्री कार्यालयमा थुन्ने जस्ता घटनाले जनमतको आडमा देशमा सर्वसत्तावाद स्थापित हुने खतरा देखा परेको बताए। उनले विधि, नियम र आदेशभन्दा पनि लहडको भरमा मुलुक चल्दै जाँदा गम्भीर सर्वसत्तावादको ...
। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ठूलो आशा र विश्वासका साथ मतदाताले दिएको मतलाई सरकारले सही ढंगले प्रयोग नगरेको आरोप लगाएको छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबार सानेपामा आयोजित पत्रकार सम्मेलनमा सरकारले मतदाताका मतलाई सही ढंगले प्रयोग नगरेको आरोप लगाएका हुन् । ‘यो देशका मतदाताले त्यत्रो ठूलो आशा र विश्वास गरेर दिएको मतलाई सही ढंगले अहिलेको ...
: गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन दिएका छन्। नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरुङले नागरिकसँग नजिक हुनका लागि विशेष ध्यान दिन निर्देशन दिए। 'प्रहरी र नागरिकबीच दूरी छ। त्यो दूरी आगामी दिनमा नदेखियोस्,' उनले भने। गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं तयार रहने बताए। उनले ...
: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अनुकूलको काम गराउनका लागि प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरेको टिप्पणी गरेका छन्। बुधबार पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीसँग ओलीले आफू अह्राएको काम गर्छन् भनेर नयाँ महानिरिक्षक बनाएको होला भन्ने प्रतिक्रिया दिए। त्यस्तै उनले कांग्रेसका सभापति गगनकुमार थापासँग राजनीतिक तथा समसामयिक कुराकानी भएको बताए।
: त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले काठमाडौं उपत्यकाभित्र आफ्ना नाममा रहेका तर लामो समयदेखि विभिन्न निकाय, संघ-संस्था तथा व्यक्तिद्वारा ओगटिएको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतापछि वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र बिनास्वीकृति अतिक्रमण गरिएका विश्वविद्यालयका जग्गा फिर्ता ल्याइएको हो। शिक्षा तथा खेलकुद मन्त्रालयको नेतृत्व सम्हालेसँगै ...