। मंगलबार सोलुखुम्बुको फेरिचेमा दुई हेलिकप्टर जुधेको घटना छानबिन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले समिति गठन गरेको छ ।
मंगलबार फेरिचेमा एयर डाइनेस्टीको दर्ता नम्बर ‘९एन-एओडी’ र फिस्टेल एयरको ‘९एन-एजेआर’ हेलिकप्टर एकापसमा ठोक्किएका थिए । घटनामा एक जनाको मृत्यु भएको थियो । दुई पाइलट र एक यात्रु घाइते भएका थिए ।
प्राधिकरणले निर्देशक प्रभाकरचन्द्र मल्लिकको संयोजकत्वमा पाइलट तथा वायुयान इन्जिनियर सम्मिलित ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिलाई दुर्घटनाको कारण तथा कारक तत्त्व अध्ययन, विश्लेषण गरी भविष्यमा यस्ता दुर्घटना पुनरावृत्ति रोक्न आवश्यक सुझाव सहित प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।