मुख्य समाचार
मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा
मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा

। अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् ।

केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर स्टार्कले पहिलो इनिङ्समा ७२ रन खर्चेर ६ विकेट र दोस्रो इनिङ्समा ६५ रन खर्चेर तीन विकेट लिएका थिए ।

यस प्रदर्शनसँगै उनी टेस्ट बलिङ वरीयताको पहिलो स्थानमा उक्लिएका हुन् । यान्सेन गत साता पहिलोपटक शीर्ष स्थानमा पुगेका थिए ।

तेस्रो टेस्टमा १० विकेट लिएका दक्षिण अफ्रिकाका साइमन हार्मर वरीयतामा नौ स्थान सुधार गर्दै सातौं स्थानमा पुगेका छन् । उनको रेटिङ ८१७ पुगेको छ । दक्षिण अफ्रिकाका स्पिनरमध्ये यो दोस्रो उच्च रेटिङ हो । यसअघि ह्यु टेफिल्डले सन् १९५७ फेब्रुअरीमा ८९५ रेटिङ बनाएका थिए ।


हार्मर टेस्ट अलराउन्डर वरीयतामा पनि तीन स्थान माथि उक्लँदै पाँचौं स्थानमा पुगेका छन् । यस सूचीमा यान्सेन पहिलो र वियान मुल्डर तेस्रो स्थानमा छन् । भारतका रविन्द्र जडेजा दोस्रो र बंगलादेशका मेहदी हसन चौथो स्थानमा छन् ।

बंगलादेश र वेस्ट इन्डिजबीच ढाकामा भएको पहिलो टेस्टको प्रदर्शनले पनि वरीयतामा प्रभाव पारेको छ । वेस्ट इन्डिजका जोमेल वारिकन नौ विकेट लिँदै प्लेयर अफ द म्याच बनेपछि बलिङ वरीयतामा ६ स्थान सुधार गर्दै ३०औं स्थानमा पुगेका छन् ।

बंगलादेशका नइम हसन चार स्थान सुधार गर्दै ४७औं र शोरिफुल इस्लाम तीन स्थान माथि उक्लँदै ५४औं स्थानमा पुगेका छन् । वेस्ट इन्डिजका रोस्टन चेज ६ स्थान सुधार गर्दै ६३औं स्थानमा छन् ।

टेस्ट ब्याटिङ वरीयतामा दक्षिण अफ्रिकाका वियान मुल्डर सात स्थान सुधार गर्दै करियरकै उच्च १७औं स्थानमा पुगेका छन् । दोस्रो इनिङ्समा उनको ११५ रनको योगदान थियो ।

रायन रिकेल्टन पनि १०१ रन बनाएपछि २५ स्थान सुधार गर्दै २३औं स्थानमा उक्लिएका छन् । मार्केस एकरम्यान १२९ स्थान सुधार गर्दै ६९औँ स्थानमा पुगेका छन् । बंगलादेशका शादमान इस्लाम ६७औँबाट ६३औँ स्थानमा उक्लिएका छन् ।

एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका फखर जमान नौ स्थान सुधार गर्दै ३७औं स्थानमा पुगेका छन् । श्रीलंकाविरुद्ध पाकिस्तानको त्रिकोणात्मक शृंखलाको फाइनलमा अविजित १२७ रन बनाउँदै उनले टोलीलाई जित दिलाएका थिए ।

श्रीलंकाका पवन रथनायके २० स्थान सुधार गर्दै १६औँ स्थानमा पुगेका छन् । उनले पाकिस्तानविरुद्धको फाइनलमा ७७ रन बनाएका थिए भने त्यसअघि इंग्ल्यान्डविरुद्ध ११८ रन बनाएका थिए ।

इंग्ल्यान्डका बेन डकेट श्रीलंकाविरुद्ध १३२ बलमा १६७ रन बनाएपछि एक स्थान सुधार गर्दै करियरकै उच्च छैटौं स्थानमा पुगेका छन् । टम बेन्टन पनि लगातार राम्रो प्रदर्शनपछि पहिलोपटक शीर्ष ५० मा प्रवेश गरेका छन् ।

एकदिवसीय बलिङ वरीयतामा नामिबियाका बायाँहाते तीव्र गतिका बलर जेजे स्मिथ ४४ स्थान सुधार गर्दै भारतका जसप्रित बुमराहसँगै संयुक्त ३०औं स्थानमा पुगेका छन् । आयरल्यान्डविरुद्धका पछिल्ला दुई खेलमा लगातार चार–चार विकेट लिएपछि उनी वरीयतामा माथि उक्लिएका हुन् । उक्त शृंखला नामिबियाले ३–२ ले जितेको थियो ।

टी–२० अन्तर्राष्ट्रिय ब्याटिङ वरीयतामा भारतका कप्तान श्रेयस अय्यर दुई स्थान सुधार गर्दै सातौं स्थानमा पुगेका छन् । न्युजिल्यान्डविरुद्ध ह्यामिल्टनमा उनले ५० रन बनाएका थिए ।

न्युजिल्यान्डका ग्लेन फिलिप्स १३ स्थान सुधार गर्दै २४औं र जिम्बाब्वेका कप्तान सिकन्दर रजा १२ स्थान सुधार गर्दै ४१औं स्थानमा पुगेका छन् ।

अफगानिस्तानका अजमतुल्लाह ओमरजाई जिम्बाब्वेविरुद्ध पाँच रनमा चार विकेट गुमेको अवस्थामा टोलीलाई सम्हाल्दै ११६ रन बनाएपछि टी–२० ब्याटिङ वरीयतामा ३४ स्थान सुधार गर्दै ५९औं स्थानमा पुगेका छन् ।

टी–२० बलिङ वरीयतामा न्युजिल्यान्डका ज्याकब डफी २३ स्थान सुधार गर्दै २३औँ स्थानमा पुगेका छन् । उनले अकल्यान्डमा भएको खेलमा चार विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली टी-२०आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा एक स्थान खस्किएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट छैटौंमा झरेका हुन् । उनको रेटिङ अंक २५५ कायमै छ । नेपाली पुरुष टोलीले गत अक्टोबरमा एसियन गेम्स खेलेपछि पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्रभन्दा तल रहेका ...
। कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् । बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए । ३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो ...
। दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल खाएको थियो । रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि ...
। साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो । लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । ...
। आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो । विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा ...