बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहमा बुधबार बिहान रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय ज्ञानबहादुर थिङ रहेका छन् ।
थिङ आफ्नै घर नजिक बकाइनोको रुखमा चढी घाँस काट्ने क्रममा लडेर घाइते भएका थिए । उनलाई तत्कालै जीतपुरसिमरा नगर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिएका छन् ।