मुख्य समाचार
पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने
पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने

। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् ।

उनले संविधानसभाबाट संविधान जारी भएपछि केपी शर्मा ओलीको नेतृत्वमा बनेको नौ महिने सरकारले नाकाबन्दीको सामना गर्नेदेखि नेपाली जनतामा आशा र विश्वास जगाउने काम गरेको दाबी गरे । उक्त सरकारको कामले नेपालमा वामपन्थी जनमत विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । तर अन्य सरकारहरूले केही महत्त्वपूर्ण काम गरे पनि जनमत विस्तार गर्न नसकेको उनको टिप्पणी छ ।

२०७४ सालमा गठन भएको शक्तिशाली सरकारले समेत वामपन्थी जनमत विस्तार गर्न नसकेको भन्दै त्यसको कारण पार्टीले गम्भीर रूपमा खोज्नुपर्ने उनले बताए।


महासचिव पोखरेलले २३ र २४ भदौको घटनापछि एमालेको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताए ।

पार्टी नेतृत्वमा रहेका बेला मुलुकमा भएका ती घटनाले पार्टीको भविष्यबारे गम्भीर प्रश्न खडा गरेको उनको भनाइ छ ।

उनकाअनुसार त्यसपछिको राजनीतिक अवस्थालाई पार्टीले प्रतिगमनतर्फ उन्मुख भएको रूपमा विश्लेषण गरेको थियो । सोही विश्लेषणका आधारमा भू–राजनीतिक षड्यन्त्रको सामना गर्ने योजना बनाएर पार्टी अघि बढेको उनले बताए।

२१ फागुनमा सम्पन्न निर्वाचनमा विगतमा पार्टीले गरेका राम्रा कामको आधारमा जनमत पुनः प्राप्त गर्न सकिने अपेक्षा गरिएको भए पनि परिणाम सोचेअनुसार आउन नसकेको उनले स्वीकार गरे ।

प्रत्यक्ष निर्वाचनतर्फ पार्टी नौ सिटमा सीमित हुनु अकल्पनीय हार भएको उनको टिप्पणी छ ।

उनले निर्वाचनको परिणामपछि पार्टीले समीक्षा प्रक्रिया अघि बढाएको जानकारी दिए । निर्वाचन परिचालन कमिटीले कार्यकर्ताबाट सुझाव संकलन गरी समीक्षा प्रतिवेदन तयार गरेको र त्यसपछि सचिवालय बैठकबाट पार्टी पुनर्गठनसम्बन्धी कार्यदल गठन गरिएको उनले बताए ।

पोखरेलले भने, ‘भदौ २३ र २४ गतेका घटनापछि पार्टीले ठूलो राजनीतिक धक्का व्यहोर्नुपर्‍यो । फागुन २१ गतेको निर्वाचनमा अपेक्षाअनुसार परिणाम आउन सकेन र पार्टी प्रत्यक्षतर्फ नौ सिटमा सीमित भयो । यसले पार्टीको अवस्था र भविष्यबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखायो ।’

उनले अगाडि भने, ‘अब विगतका कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाएर अघि बढ्न आवश्यक छ । यही आधारमा वर्तमान चुनौतीको सामना गर्दै समाजवाद निर्माणको लक्ष्य हासिल गर्न सकिन्छ ।’

पोखरेलले पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा एकतावद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो ।
पार्टीभित्र एकता कायम गरेर मात्रै वर्तमान चुनौतीको सामना गर्न सकिने उनको भनाइ छ ।

उनले विगतमा नेपालमा वामपन्थी शक्तिहरूले उल्लेख्य जनमत हासिल गरेको स्मरण गर्दै त्यसको आधार र उपलब्धिको समीक्षा गरेर आगामी राजनीतिक कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सल्यानको सामुदायिक वनमा लुकाइछिपाई राखिएको ५ नाल भरुवा बन्दुक बरामद भएको छ। बनगाड कुपिण्डे नगरपालिका –०७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक तीन ...
: वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्यको रूपमा मौरिससमा वैदेशिक रोजगारीको प्रक्रिया सुरु हुँदैछ। रोजगारदाताले नै सम्पूर्ण लागत खर्च व्यहोर्ने सिद्धान्तअनुसार वैदेशिक रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले सरकारले मौरिससलाई नयाँ श्रम गन्तव्यका रूपमा अगाडि सारेको छ। मौरिससमा नयाँ श्रम गन्तव्य सुरु गर्ने सरकारको तयारीमा वैदेशिक रोजगार व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी ...
। काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग ...
: अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जिम्मेवार ठहर्‍याउँदै पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। चुनावी नतिजा स्पष्ट हुँदै जाँदा रिपब्लिकन पार्टीलाई आफ्नो पराजयको गम्भीर आभास भएको छ। पार्टीका नेताहरूलाई सुरुदेखि नै प्रतिनिधिसभामा बहुमत गुमाउने आशंका भए पनि सिनेटको निर्वाचन भने आफ्नो पक्षमा आउने बलियो आशा थियो। तर, हारको दायरा फराकिलो ...
। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग ...