मुख्य समाचार
अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने
अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने

। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् ।

बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् ।

उनले नेपाल जलस्रोत, जंगल, जडिबुटी, कृषि उपज, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताका दृष्टिले सम्पन्न मुलुक भएपनि उपलब्ध स्रोतसाधनको दिगो र वातावरणमैत्री उपयोगमा जोड दिनुपर्ने बताइन् ।

जलवायु परिवर्तन र प्राकृतिक विपद्का बढ्दो जोखिमलाई ध्यानमा राख्दै प्राकृतिक स्रोतमा आधारित हरित उद्योगको विकास गर्नुपर्ने उनको भनाइ छ ।


भण्डारीले जलविद्युत्, खाद्य प्रशोधन, जडीबुटी, वन पैदावार तथा खनिजमा आधारित उद्योगको प्रवर्द्धन र वातावरणमैत्री पर्यटन विस्तारबाट रोजगारी सिर्जना गर्न, आयात प्रतिस्थापन गर्न तथा निर्यात प्रवर्द्धन गर्न सकिने बताइन् । यस्ता सम्भावनालाई व्यवहारमा उतार्न स्वदेशी तथा विदेशी लगानी परिचालन गर्नुपर्ने उल्लेख गर्दै उनले प्रवासी नेपालीको पूँजी, ज्ञान, सिप र उद्यमशीलतालाई नेपालको विकाससँग जोड्नुपर्नेमा जोड दिइन् ।

प्रवासी नेपालीको लगानीलाई स्वदेशी निजी क्षेत्रसँग जोडेर उद्योग स्थापना, रोजगारी सिर्जना र प्रविधि हस्तान्तरणमा प्रोत्साहित गर्नुपर्ने उनको भनाइ छ । यसका लागि सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनले बताइन् ।

उनले भनिन्, ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउनु राज्यको दायित्व हो । नेपाल जलस्रोत, वन, जडीबुटी, कृषि, खनिज सम्पदा, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । यी स्रोतको दिगो र वातावरणमैत्री उपयोग गर्दै जलविद्युत्, कृषि तथा खाद्य प्रशोधन, जडीबुटी, वनजन्य उद्योग र वातावरणमैत्री पर्यटनको विकासमार्फत रोजगारी सिर्जना, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न सकिन्छ । यसका लागि स्वदेशी तथा विदेशी लगानी परिचालन गर्दै प्रवासी नेपालीको पूँजी, ज्ञान, सिप र उद्यमशीलतालाई राष्ट्रिय विकाससँग जोड्नुपर्छ ।’

उनले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढ्दै आएको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमसत्ताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको बताइन् ।

उनले भनिन्, ‘सरकारले लगानीमैत्री वातावरण, नीतिगत स्थिरता र लगानीको सुरक्षा सुनिश्चित गर्न आवश्यक छ । जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढिरहेको नेकपा एमालेले लोकतान्त्रिक प्रणालीको स्थापना र सुदृढीकरण, राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको रक्षा र सामाजिक–आर्थिक रूपान्तरणमा योगदान गर्दै आएको छ । देश र जनताको हितमा पार्टीले गरेका काम र उपलब्धिलाई अझ सशक्त रूपमा अघि बढाउनु आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सल्यानको सामुदायिक वनमा लुकाइछिपाई राखिएको ५ नाल भरुवा बन्दुक बरामद भएको छ। बनगाड कुपिण्डे नगरपालिका –०७ लेक सङ्ग्रहीस्थित सिम्टीगैरा सामुदायिक वनबाट पाँच नाल भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान करिब ८:५५ बजे इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उक्त सामुदायिक वनमा बेवारिसे अवस्थामा भरुवा बन्दुक तीन ...
: वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्यको रूपमा मौरिससमा वैदेशिक रोजगारीको प्रक्रिया सुरु हुँदैछ। रोजगारदाताले नै सम्पूर्ण लागत खर्च व्यहोर्ने सिद्धान्तअनुसार वैदेशिक रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले सरकारले मौरिससलाई नयाँ श्रम गन्तव्यका रूपमा अगाडि सारेको छ। मौरिससमा नयाँ श्रम गन्तव्य सुरु गर्ने सरकारको तयारीमा वैदेशिक रोजगार व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी ...
। काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग ...
: अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जिम्मेवार ठहर्‍याउँदै पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। चुनावी नतिजा स्पष्ट हुँदै जाँदा रिपब्लिकन पार्टीलाई आफ्नो पराजयको गम्भीर आभास भएको छ। पार्टीका नेताहरूलाई सुरुदेखि नै प्रतिनिधिसभामा बहुमत गुमाउने आशंका भए पनि सिनेटको निर्वाचन भने आफ्नो पक्षमा आउने बलियो आशा थियो। तर, हारको दायरा फराकिलो ...
। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग ...