मुख्य समाचार
डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन
डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन

। हिमाली जिल्ला डोल्पामा आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षा र व्यवस्थापन सुधार गर्न पर्यटकको विवरण संकलन कार्यलाई विकेन्द्रीकरण गरिएको छ । यसअघि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका कर्मचारीले सुलिगाडमा मात्रै पर्यटकको विवरण संकलन गर्दै आएकोमा अब जुफाल विमानस्थलदेखि सदरमुकाम दुनै र जिल्लाका अन्य प्रवेश नाकाबाट समेत विवरण संकलनलाई व्यवस्थित बनाउन सुरु गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार डोल्पा आउने पर्यटकको आवागमनलाई व्यवस्थित र एकीकृत अभिलेखमा राख्न यस्तो पहल गरिएको हो । सुलिगाडमा निकुञ्जका कर्मचारीले पर्यटकको विवरण संकलन गर्दै आएका छन् भने जिल्लाका अन्य स्थानमा सुरक्षाकर्मीले विवरण संकलन गर्ने गरेका छन् ।




डोल्पा भित्रिने मुख्य नाका त्रिपुरासुन्दरी नगरपालिकास्थित खदाङमा रहेको प्रहरीले पनि पर्यटकको विवरण संकलन गरिरहेको छ । अब जुफाल विमानस्थल, सदरमुकाम दुनै र जिल्लाका अन्य प्रवेश नाकाबाट संकलन हुने विवरणलाई समेत व्यवस्थित बनाइने प्रजिअ हमालले बताइन् ।

यसअघि सुलिगाडमा मात्रै विवरण संकलन हुँदा शे–फोक्सुण्डो गाउँपालिका प्रवेश गर्ने पर्यटकको अभिलेख रहने गरेको थियो । तर काइके गाउँपालिका हुँदै डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिका जाने पर्यटकको विवरण संकलनमा समस्या हुँदै आएको थियो । जिल्लाका विभिन्न नाका र गन्तव्यमा पुग्ने पर्यटकको विवरण संकलनलाई विस्तार गर्दा वास्तविक पर्यटक संख्या पहिचान गर्न सहज हुने अपेक्षा गरिएको छ ।


‘डोल्पा आउने पर्यटकले दुःख पाउनु हुँदैन’

डोल्पा घुम्न आउने कुनै पनि पर्यटकले दुःख पाउनु नपरोस् भन्ने उद्देश्यले आफूहरू सचेत भएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी हमालले बताइन् । ट्राभल एजेन्सीमार्फत आउने पर्यटकसँगै आफ्नै योजनामा डोल्पा घुम्न आउने आन्तरिक पर्यटकलाई समेत ध्यानमा राखेर सुरक्षा र विवरण संकलनको व्यवस्था मिलाउन लागिएको उनको भनाइ छ ।

विशेषगरी निकुञ्ज क्षेत्रलगायत जिल्लाका अन्य पर्यटकीय गन्तव्य सुरक्षा संवेदनशीलताका हिसाबले महत्वपूर्ण रहेकाले त्यस्ता क्षेत्रमा विशेष ध्यान दिनुपर्ने अवस्था रहेको उनले बताइन् । उपल्लो डोल्पाका शे–फोक्सुण्डो, डोल्पोबुद्ध र छार्काताङसोङ गाउँपालिकाका कतिपय क्षेत्रमा पर्याप्त सञ्चार सम्पर्क नहुँदा पर्यटकको आवागमनबारे जानकारी लिन कठिन हुने गरेको छ । हिमाली भूगोल, प्रतिकूल मौसम र लामो दूरीका कारण निर्धारित समयमा पर्यटकको अवस्थाबारे जानकारी प्राप्त गर्न तथा आवश्यक सहयोग पुर्‍याउन चुनौती हुने गरेको हमालको भनाइ छ ।

चीनसँग सीमा जोडिएको मरिम नाकालगायतका क्षेत्रसमेत डोल्पामै पर्ने भएकाले पर्यटकको आवागमन, सुरक्षा र व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्ने अवस्था रहेको उनले बताइन् । दुर्गम तथा सीमावर्ती क्षेत्रमा जाने पर्यटकको विवरण राख्नु सुरक्षाका साथै आपत्कालीन अवस्थाको व्यवस्थापनका लागि पनि आवश्यक देखिएको छ ।

हिमपातमा पर्यटक फसेपछि सुरक्षा चासो

डोल्पाका विकट पर्यटकीय क्षेत्रमा प्रतिकूल मौसमका कारण पर्यटक अलपत्र पर्ने र सम्पर्कविहीन हुने घटना हुँदै आएका छन् । हालै हिमपातका कारण माथिल्लो डोल्पामा फसेका ६ जना भारतीय पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गर्नुपरेको थियो ।

सञ्चार सम्पर्क कमजोर र भौगोलिक विकटताका कारण उनीहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धार गर्नसमेत कठिनाइ भएको थियो ।

पर्यटक कुन नाकाबाट जिल्लामा प्रवेश गरे, कुन गन्तव्यमा जाँदैछन् र कहिले फर्किने योजना छ भन्ने विवरण व्यवस्थित राख्न सके विपद्का बेला खोज तथा उद्धारमा सहज हुने विश्वासका साथ उनीहरुको विवरण राख्न लागिएको हो । विशेषगरी व्यक्तिगत रूपमा यात्रा गर्ने पर्यटकको समेत विवरण राख्न सके उनीहरूको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी लिन सजिलो हुने अपेक्षा गरिएको छ ।

रारा घुम्न गएका १२ पर्यटकको सेनाद्वारा उद्धार

यसैबीच रारा ताल घुम्न गएका १२ जना आन्तरिक पर्यटकलाई पनि नेपाली सेनाले सकुशल उद्धार गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–२ भण्डारीबाडाका उनीहरू छायाँनाथ रारा नगरपालिका–८ स्थित चुच्चेमारा जंगलमा बाटो बिराएर अलपत्र परेका थिए ।

हनुमानध्वज गुल्म राराका गुल्मपति खड्गबहादुर श्रेष्ठका अनुसार सेनाको उद्धार टोलीले राति करिब १० बजे उनीहरूलाई फेला पारी सुरक्षित होटलमा पुर्‍याएको हो ।

स्थानीयले रारा जाने बाटोमा संकेत तथा सूचना बोर्ड र तालिमप्राप्त गाइडको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीका लागि नयाँ श्रम गन्तव्यको रूपमा मौरिससमा वैदेशिक रोजगारीको प्रक्रिया सुरु हुँदैछ। रोजगारदाताले नै सम्पूर्ण लागत खर्च व्यहोर्ने सिद्धान्तअनुसार वैदेशिक रोजगारीको अवसर विस्तार गर्ने उद्देश्यले सरकारले मौरिससलाई नयाँ श्रम गन्तव्यका रूपमा अगाडि सारेको छ। मौरिससमा नयाँ श्रम गन्तव्य सुरु गर्ने सरकारको तयारीमा वैदेशिक रोजगार व्यवसायीहरू भने असन्तुष्ट देखिएका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी ...
। काठमाडौं महानगरपालिकाले जाडो मौसम सुरु भएसँगै बढ्न सक्ने वायु प्रदूषण मध्यनजर गर्दै यसको रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण नगरवासीलाई आग्रह गरेको छ । महानगरको वातावरण व्यवस्थापन विभागले जरुरी सूचना जारी गर्दै प्रदूषण बढाउने गतिविधि नगर्न र आवश्यक सावधानी अपनाउन सचेत गराएको हो । महानगरका अनुसार सवारीसाधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यबाट उड्ने धुलो, उद्योग ...
: अमेरिकाको मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले बेहोरेको हारका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नै जिम्मेवार ठहर्‍याउँदै पार्टीभित्रैबाट तीव्र आलोचना सुरु भएको छ। चुनावी नतिजा स्पष्ट हुँदै जाँदा रिपब्लिकन पार्टीलाई आफ्नो पराजयको गम्भीर आभास भएको छ। पार्टीका नेताहरूलाई सुरुदेखि नै प्रतिनिधिसभामा बहुमत गुमाउने आशंका भए पनि सिनेटको निर्वाचन भने आफ्नो पक्षमा आउने बलियो आशा थियो। तर, हारको दायरा फराकिलो ...
। सर्लाहीको भूमि प्रशासन कार्यालय (मालपोत) का नायब सुब्बा निर्मल तिमिल्सिना घुस रकम सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब १० बजे मालपोत कार्यालयको प्रशासन फाँटमा कार्यरत नायब सुब्बा तिमिल्सिनालाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका अनुसार तिमिल्सिनाले मोहीसम्बन्धी जग्गाको काम मिलाइदिने भन्दै सेवाग्राहीसँग ...
: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ। समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी,आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी,शिवशिखर सहकारीका २३ जनाको पूर्ण बचत र कान्तीपुर सहकारी,गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी, श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त ...