मुख्य समाचार
सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश
सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश

: सर्वोच्च अदालतले दीपक भट्टको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा थप प्रमाण मिसिल झिकाउने आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले दीपक भट्टको हकमा उनका बुवा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा यस्तो आदेश दिएको हो। अदालतले तीनवटा कार्यहरू सम्पन्न गरी पेश गर्न आदेश जारी गरेको हो।

भट्टसँग सम्बन्धित यसअघि दायर भएका दुईवटा निवेदनलाई उक्त रिटसँगै लगाउमा राखेर पेस गर्न,नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको प्रमाण मिसिल विशेष अदालत, काठमाडौंसँग झिकाउन र नेपाल सरकार वादी र भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको प्रमाण मिसिल उच्च अदालत पाटनबाट झिकाउन आदेश जारी गरेको हो।

धितोपत्र कारोबार प्रकरणमा भट्ट गत चैत्र १९ गते पक्राउ परेका थिए। गत साउन २७ गते विशेष अदालत काठमाडौंले व्यवसायी भट्टलाई थुनामा पठाउन आदेश जारी गरेको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश बासुदेव आचार्य र न्यायाधीश हेमन्त रावलको इजलासले भट्टलाई थुनामा पठाउने आदेश दिएको हो।

राजनीतिक आवरणमा रहेर ठूला सरकारी ठेक्कापट्टा र शंकास्पद आर्थिक कारोबार गरी अवैध सम्पत्ति आर्जन गरेको उनीमाथि आरोप छ।उनीविरुद्ध जेठ २८ गते सरकारी वकिल कार्यालयले २ अर्ब ८९ करोड २० लाख ४८ हजार ८३९ रुपैयाँ विगो माग गर्दै भट्टविरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर गरेको थियो। भट्ट मुद्दा पुर्पक्षका लागि हाल सिन्धुपाल्चोक कारागारमा छन्। केही समयअघि उनलाई नख्खु कारागारबाट स्थान्तरण गरेर त्यहाँ पठाइएको हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् । उनले संविधानसभाबाट ...
: कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बिहान करिब ६ बजे रा ७ प २४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय टीका पौडेल गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्कालै उपचारका लागि सञ्जीवनी सामुदायिक अस्पताल, चन्द्रौटा पुर्‍याइएको भए पनि चिकित्सकले जाँचपश्चात् उनको मृत्यु भएको घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान ...
। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्। आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कूटनीतिक सम्बन्ध रहेको चर्चा गरे। उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए। राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको ...
: मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकलाई डा. मनोज केसीलाई आईजीपीमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी केसीलाई आईजीपीमा नियुक्त गरेको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत प्रहरी संगठनमाथि पछिल्लो समय आलोचना बढेको थियो। सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो। कार्कीसँग यस अगाडि पनि ...
। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् ...