मुख्य समाचार
दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगे
दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगे

। कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन् ।

बुधबार बिहान मिलर तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा.लीका प्रतिनिधिले स्वागत गरेका थिए ।

३७ वर्षीय मध्यक्रमका बाया हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरुमा आफ्नो बलियो छाप छाडेका छन् ।

भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको विग बास लिग, पाकिस्तान प्रिमियर लिगसँगै थुप्रै लिगहरु खेलेका छन् । उनले आईपीएलमा मात्रै दिल्ली क्यापिटल्स, राजस्थान रोयल्स, किंग्स ११ पञ्जाव, गुजरात टाइटन्सबाट खेलेका थिए । सन् २०२२ मा गुजरात टाइटन्सले ऐतिहासिक आईपीएल जित्दा मुलर मुख्य खेलाडी थिए ।


कर्णाली याक्स स्पोट्स् प्रा.लीमा अध्यक्ष गृहेन्द्र घिमिरेले मिलरको आगमनसँगै नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने बताएका छन् ।

मिलरले दक्षिण अफ्रिकाबाट एक सय ४० टी–२० आईमा दुई हजार ८०४ रन बनाएका छन् । यसक्रममा दुई शतक र ९ अर्धशतक प्रहार गरेका थिए । उनको आफ्नो करियरको दुई टी–२० शतक भारत र बंगलादेशविरुद्ध बनाएका थिए ।

यता, पाँच सय ८४ टी–२० आई खेल खेल्दा १२ हजार ४३५ रन बनाएका छन् । यसक्रममा चार शतक तथा ५३ अर्धशतक बनाएका छन् । मिलरले सन् २०१७ मा बंगलादेशविरुद्ध खेल्दा ३५ बलमै कीर्तिमानी शतक प्रहार गरेका थिए । यस्तै, आईपीएलमा पञ्जाबबाट रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध खेल्दा ३८ बलमै शतक प्रहार गरेका थिए ।

कात्तिक ९ बाट सुरु भएको एनपिएलमा कर्णाली याक्सले तीन खेल खेलिसकेको छ । जसमध्ये दुई खेल जितेको थियो । टोलीले पहिलो खेलमा जनकपुरलाई १९ रन र दोस्रोमा विराटनगरलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा भने काठमाडों गोर्खाजसँग ४ विकेटले पराजित भएको थियो ।

अब, कर्णालीले शुक्रबार सुदूपश्चिम रोयल्सँग खेल्दैछ । सो खेलमा डेभिड मिलर सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दुई गोलले पछि परेको अवस्था उल्टाउँदै म्यानचेस्टर युनाइटेडले यूईएफए च्याम्पियन्स लिगमा रोमाविरुद्ध ३–२ को रोमाञ्चक जित निकालेको छ । मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले पहिलो हाफमै दुई गोल खाएको थियो । रोमाका माटियास सौलेले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि डोनियल मालेनले पेनाल्टीमार्फत गोल गरेपछि ...
। साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो । लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । ...
। आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो । विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो । अन्तिम बलमा ...
: आगामी मंसिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको ३० दिने काउन्टडाउन सुरु भएको छ। प्रतियोगिता सुरु हुन एक महिना मात्रै बाँकी रहँदा कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले सोमबार औपचारिक रूपमा काउन्टडाउन सुरु गरेको हो। प्रतियोगिताको मिति नजिकिँदै जाँदा आयोजकले तयारीलाई तीव्रता दिएको सन्देश दिन काउन्टडाउन सुरु गरे पनि पूर्वाधार ...
— कसिलो बलिङ गरेको सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटको सोमबारको दोस्रो खेलमा चितवन राइनोजमाथि ५ विकेटको विजय हात पारेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको चितवनलाई त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले १२९/६ को स्कोरमा रोकेको थियो । जवाफमा सुदूरपश्चिमले १६.४ ओभरमै लक्ष्य पूरा गर्‍यो । खेलको सुरुआत सातौं स्थानमा रहेर गरेको सुदूरपश्चिम यस जितपछि तेस्रो ...