मुख्य समाचार
सभामुख डोलप्रसाद (डीपी)अर्यालले सङ्घीय संसद्,प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल
सभामुख डोलप्रसाद (डीपी)अर्यालले सङ्घीय संसद्,प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल

: सभामुख डोलप्रसाद (डीपी)अर्यालले सङ्घीय संसद्,प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे। साथै,विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे।

'विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ। सम्बन्धित दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरी औचित्यपूर्ण संशोधन प्रस्ताव राख्नुहोस्,' सभामुख अर्यालले भने।

उनले विधेयकहरूमाथि गहन र घनीभूत छलफल गरी समितिको कामकारबाहीलाई प्रभावकारी तथा परिणाममुखी बनाउन पनि समेत आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोरेको हारको गम्भीर समीक्षा गर्दै पार्टीलाई वैचारिक, राजनीतिक र सङ्गठनात्मक रूपमा पुनर्गठन गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतका राजनीतिक तथा शासकीय अनुभवको समीक्षा नगरी समाजवाद निर्माणको लक्ष्य हासिल गर्न नसकिने बताएका हुन् । उनले संविधानसभाबाट ...
: कपिलवस्तुको शिवराज नगरपालिका–५, चन्द्रौटास्थित खसीबजारमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बुधबार बिहान करिब ६ बजे रा ७ प २४४६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय टीका पौडेल गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई तत्कालै उपचारका लागि सञ्जीवनी सामुदायिक अस्पताल, चन्द्रौटा पुर्‍याइएको भए पनि चिकित्सकले जाँचपश्चात् उनको मृत्यु भएको घोषणा गरेका थिए। घटनाबारे थप अनुसन्धान ...
। नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन्। आज सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै राजदूत बासले नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कूटनीतिक सम्बन्ध रहेको चर्चा गरे। उनले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए। राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको ...
: मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षकलाई डा. मनोज केसीलाई आईजीपीमा नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले एआईजी केसीलाई आईजीपीमा नियुक्त गरेको हो। प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत प्रहरी संगठनमाथि पछिल्लो समय आलोचना बढेको थियो। सरकारले प्रहरी महानिरीक्षक कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गर्दै केसीलाई आईजीपी बनाउने निर्णय गरेको हो। कार्कीसँग यस अगाडि पनि ...
। नेकपा एमालेकी वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई समयमै सहयोग, उद्धार र सुरक्षित स्वदेश फिर्तीको व्यवस्था मिलाउन राज्यले विशेष प्राथमिकता दिनुपर्ने बताएकी छन् । बुधबार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताएकी हुन् ...