मुख्य समाचार
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जर्मनीको राजधानी बर्लिन पुगे
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की जर्मनीको राजधानी बर्लिन पुगे

रुसको आक्रमणविरुद्ध युक्रेनको प्रतिरक्षा प्रयासका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने उद्देश्यले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मङ्गलबार जर्मनीको राजधानी बर्लिन पुगेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेख्दै भ्रमणका क्रममा कूटनीतिक समन्वय, हवाई प्रतिरक्षा प्रणालीको सुदृढीकरण र ऊर्जा क्षेत्रमा सहयोग जुटाउने विषयमा छलफल हुने बताएका हुन् ।

जर्मनी युक्रेनलाई सैन्य, आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराउने प्रमुख राष्ट्रमध्ये एक हो । जर्मन चान्सलर फ्रेडरिक मेर्जले पनि युक्रेनप्रतिको समर्थन निरन्तर दोहोर्‍याउँदै आएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले शान्ति वार्तालाई अघि बढाउने प्रयासस्वरूप अर्को साता अबुधाबीमा युक्रेनी, रुसी र अमेरिकी अधिकारीहरूबीच वार्ता हुने घोषणा गरेलगत्तै जेलेन्स्कीको जर्मनी भ्रमणमा पुगेका हुन् ।


जेलेन्स्कीको बर्लिन भ्रमण सुरक्षा तथा प्रतिरक्षासम्बन्धी एक सम्मेलनसँगै परेको छ । उक्त सम्मेलनको उद्घाटन लिथुआनियाका राष्ट्रपति गितानास नौसेदाले गर्ने कार्यक्रम छ । जेलेन्स्कीले पनि सम्मेलनमा सहभागी हुने बताएका छन् ।

सम्मेलनमा मुख्यत: युक्रेन युद्ध र रुसबाट युरोपको सुरक्षामा बढ्दै गएको चुनौतीबारे छलफल हुने अपेक्षा गरिएको छ ।

जेलेन्स्कीले सुरक्षा, स्थिरता र नियममा आधारित अन्तरराष्ट्रिय व्यवस्थाको रक्षा सबैको साझा चासो भएको उल्लेख गर्दै यी सिद्धान्तलाई ठोस निर्णय र कार्यमा रूपान्तरण गर्न मिलेर काम गर्नुपर्ने बताएका छन् ।

जर्मनीले नोभेम्बरको मध्यतिर युक्रेनका प्रमुख सहयोगी राष्ट्रहरूको समूह ‘कोएलिसन अफ द विलिङ’को बैठक आयोजना गर्ने योजना बनाएको छ । जर्मन चान्सलर मेर्जले गत साता यसबारे जानकारी दिएका थिए । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी अन्तरिक्ष निकाय नासा (नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन) को करिब १.५ टन तौलको अन्तरिक्ष टेलिस्कोप करिब २२ वर्षपछि पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गर्ने भएको छ । यसको अधिकांश भाग वायुमण्डलमै जलेर नष्ट हुने अनुमान गरिए पनि केही अवशेष पृथ्वीको सतहसम्म आइपुग्न सक्ने नासाका वैज्ञानिकहरूले बताएका छन् । नासाको ‘निल गेरेल्स स्विफ्ट अब्जर्भेटरी’ नामक अन्तरिक्ष टेलिस्कोप ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको वार्षिक सैन्य सहायता रोक्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यपछि इजरायललाई दिइँदै आएको आर्थिक सहायता रोक्ने बताएका हुन् । ट्रम्पका अनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग वार्षिक सहायता रोक्ने विषयमा सहमति भएको छ । यद्यपि, अमेरिकाले इजरायललाई हतियार बिक्री भने जारी राख्नेछ । आवश्यक परेको अवस्थामा इजरायललाई सहयोगसमेत ...
: युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् । आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्‍यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा ...
: इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध पुनः सुरु हुँदा कुनै पनि पक्षलाई फाइदा नहुने बताएका छन्। स्ट्रेट अफ होर्मुजस्थित इरानी केसम टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि उनले मङ्गलबार यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूले केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति पेजेस्कियनले ...
: स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिएका छन् । मन्त्री पुएन्तेले संसद्मा बोल्दै एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई रेल दुर्घटना भएपछि पदमा रहिरहन नैतिक रूपमा उचित नहुने बताएका छन् । गत अक्टोबर २८ मा राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्दा नजिकै सरकारी रेल कम्पनी ...