मुख्य समाचार
कर्णाली प्रदेशका मुख्यमन्त्री र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच शिष्टाचार भेटवार्ता
कर्णाली प्रदेशका मुख्यमन्त्री र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच शिष्टाचार भेटवार्ता

। ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए ।

उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल गरेको प्रविधिलाई कर्णालीको भौगोलिक परिवेश अनुकूल प्रयोगमा ल्याउने, सिक्दै सिकाउँदै कार्यक्रममार्फत कर्णालीका युवालाई थप अवसर प्रदान गर्ने र त्यहाँ फर्किएका जनशक्तिको सीपलाई प्रदेशको कृषि रुपान्तरणमा सदुपयोग गर्ने विषयमा कुराकानी भएको थियो ।

भेटका क्रममा राजदूत बासले कर्णाली प्रदेशको कृषि, खानेपानी, प्रविधि हस्तान्तरण तथा क्षमता विकासका क्षेत्रमा सहयोग र साझेदारी विस्तार गर्न आफू सदैव सकारात्मक रहेको धारणा व्यक्त गरे ।


साथै उक्त भेटमा सरकारी प्रणालीमार्फत, इजरायलमा केयरगिभरको रोजगारीको अवसर, जनस्तरको सम्बन्ध विस्तार, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा प्रविधि आदानप्रदानका सम्भावनाबारे समेत विमर्श भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् । यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्‍याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा ...
। जाजरकोटको नलगाड नगरपालिका–७ दल्लीमा घर पोत्ने माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खस्दा रुकुम पश्चिमका चार जना घाइते भएका छन्। घाइते हुनेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना स्थानीय रहेका छन् । घर पोत्ने माटो लिन जाजरकोटको नलगाड नगरपालिका–७ दल्ली पुगेका उनीहरू माटो खन्ने क्रममा माथिबाट ढिस्को खस्दा घाइते भएका हुन् । घाइते चारै जनाको स्थानीय ...
। भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदैछन् । बुधबार बिहान काठमाडौं ओर्लन लागेका विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो । नेपाल-भारत दुवै सरकारले मंसिर दोस्रो साता सम्भावित भ्रमण हुने गरी तयारी गरिरहेको स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरु प्रधानमन्त्री शाहको भारत ...
: नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहारको साइत सार्वजनिक गरेको छ। यसवर्ष भाइटीकाको शुभसाइत ११:०७ बजे रहेको छ। कात्तिक २५ गते भाइटीका गर्दा दाजुभाइ पश्चिम फर्किने र दिदीबहिनीहरू पूर्व फर्केर टीका लगाइदिने समितिले जनाएको छ। त्यस्तै २१ गते काग तिहार, २२ गते कुकुर तिहार, लक्ष्मी पूजा, २३ गते गाई पूजा र २४ गते गोबर्द्धन पूजा, म्हपूजा रहेको समितिले ...
: नेपाली कांग्रेस देउवा समूहका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता दाबी गर्नेहरूसँग कांग्रेसको आत्मा नरहेको बताएका छन्। मंगलबार सम्पर्क कार्यालयमा आयोजित पत्रकार भेटघाटमा महतले गगनकुमार थापाप्रति लक्षित गर्दै आधिकारिकता दाबी गर्नेहरू वैचारिक तथा पार्टी सञ्चालनका दृष्टिले सही ठाउँमा नरहेको बताएका हुन्। उनले थापाको नेतृत्वको भएको विशेष महाधिवेशनदेखि १५औं महाधिवेशनमा समेत सहभागी भएका नेता-कार्यकर्ताहरू पनि अहिले ...