मुख्य समाचार
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार
कुकुर तिहारबारे उत्कृष्ट रिल बनाउनेलाई एक लाख पुरस्कार

तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने ।

तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ ।




यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि नेपाल पर्यटन बोर्डले पहिलो पटक ‘कुकुर तिहार रील प्रतियोगिता–२०८२’ आयोजना गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो अवधारणा अनुरुप यो प्रतियोगिताको मेलोमेसो मिलाएको हो ।

‘यस कुकुर तिहारमा हाम्रा अबोध साथीहरूको निःस्वार्थ प्रेम, वफादारी र साथको उत्सव मनाऔँ’ भन्दै प्रतियोगिताका लागि आह्वान गरिएको छ । यसका लागि कुकुर तिहारमा यी प्यारा साथीसँगका रमाइला पलहरूको कथावाचनसहित भिडियो बनाउनुपर्नेछ ।


नेपालको मौलिक कला, संस्कृति, परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने श्रृंखलाअन्तर्गत यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको हो । कुकुरलाई विशेष पूजाआजा गर्ने यो नेपालको मौलिक र पृथक प्रचलन हो ।

विशेष गरी कुकुर तिहारको महत्व, मान्छे र कुकुरबीचको घनिष्ठतालाई डिजिटल सामग्रीको माध्यमबाट विश्वभर चिनाउने उद्देश्य राखिएको छ ।

कसरी सहभागी हुने ?
यदि तपाईं इच्छुक हुनुहुन्छ भने तपाईंले कुकुर तिहारसँग सम्बन्धित भिडियो बनाउनुपर्नेछ । यो भिडियो तपाईंको मौलिक हुनुपर्नेछ । साथसाथै रचनात्मक पनि । सो भिडियो रील तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा पोस्ट गर्नुपर्नेछ । पोस्टसँगै अंग्रेजीमा #NepalTourism, #KukurTihar लेखेर ह्यास्ट्याग गर्नुपर्नेछ ।

यदि इन्स्टाग्राममा पोस्ट गर्नुभएको छ भने @nepaltourism लाई ट्याग गर्नुपर्नेछ । फेसबुकमा हो भने नेपाल पर्यटन बोर्डको आधिकारिक पेसमा ट्याग गर्नुपर्नेछ ।

अंग्रेजी भाषाको प्रयोग
प्रतियोगिताका लागि तयार पारिएको रील अंग्रेजी भाषामा हुनुपर्ने बताइएको छ । यसमा अंग्रेजी सबटाइटल वा अंग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ ।

कहाँ पठाउने ?
तयार गरी सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोको गुगल ड्राइभ लिंक photonepa@ntb.org.np मा इमेल पठाउनुपर्नेछ । यसरी पठाउँदा डाउनलोड गर्न र हेर्न मिल्ने अनुमति प्रदान गरिदिनुपर्नेछ ।

कहिलेसम्म पठाउने ?
सन २०२६ नोभेम्बर २१ सम्ममा सहभागी हुन चाहनेले भिडियो पठाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य ...
। ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल ...
। जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका हुन् । उनले वालेन्द्र ...
। कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ गरिएको बताए । उनका ...
। १० भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजनामा क्षति पुर्‍यायो । बाढीबाट १२ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक आकलन छ । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीका ७ तथा निजी क्षेत्रका ७ आयोजना बाढीबाट प्रभावित भएका छन् । बाढी आएको दुई महिनाभन्दा बढी समय बितिसकेको छ ...