मुख्य समाचार
स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिए
स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिए

: स्पेनमा भीषण रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु भएको ६ दिनपछि यातायातमन्त्री ओस्कार पुएन्तेले पदबाट राजीनामा दिएका छन् ।

मन्त्री पुएन्तेले संसद्मा बोल्दै एक वर्षभन्दा कम अवधिमा यति गम्भीर प्रकृतिका दुई रेल दुर्घटना भएपछि पदमा रहिरहन नैतिक रूपमा उचित नहुने बताएका छन् ।

गत अक्टोबर २८ मा राजधानी म्याड्रिडको दक्षिणमा पर्ने उर्दा नजिकै सरकारी रेल कम्पनी रेन्फेको तीव्र गतिको रेलले रोकिराखिएको निजी कम्पनी इरियोको रेललाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा ६९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए ।

दुर्घटनापछि रेलको स्वचालित सङ्केत प्रणालीमा समस्या आएको र रोकिएको रेललाई समेत अघि बढ्न अनुमति दिइएको खुलेको थियो । यससम्बन्धी रेल चालक र नियन्त्रण केन्द्रबीचका अडियो संवादसमेत सार्वजनिक भएका छन् ।

दुर्घटनापछि विपक्षी दल तथा सरकारकै केही सहयोगीले मन्त्रीको राजीनामा माग्दै आएका थिए । प्रधानमन्त्री पेद्रो सान्चेजले घटनाको हरेक पक्षको गहिरो अनुसन्धान गरिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युरोपका विभिन्न देशमा उडिरहेका सात यात्रुवाहक विमानलाई बम राखिएको आशंकासहित सुरक्षा जाँच गरिएको छ । बेलायतबाट उडेका दुई विमानसहितका जहाजमा अज्ञात व्यक्तिबाट बमको धम्की आएपछि सम्बन्धित देशका सुरक्षा निकायले जाँच गरेका हुन् । आयरल्यान्डको डब्लिन र पोर्चुगलको लिस्बनबाट रोम पुगेका र्‍यानएयरका दुई विमानमा पनि जाँच गरिएको थियो । इटालीको फ्युमिचिनो विमानस्थलका अधिकारीका अनुसार दुवै विमानमा ...
: इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध पुनः सुरु हुँदा कुनै पनि पक्षलाई फाइदा नहुने बताएका छन्। स्ट्रेट अफ होर्मुजस्थित इरानी केसम टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि उनले मङ्गलबार यस्तो प्रतिक्रिया दिएका हुन्। अमेरिकी सञ्चारमाध्यमहरूले केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन। राष्ट्रपति पेजेस्कियनले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दुई वर्षअघि हुने मध्यावधि निर्वाचनका लागि अमेरिकाभर मतदान भइरहेको छ । यस निर्वाचनलाई ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण राजनीतिक परीक्षाका रूपमा हेरिएको छ । निर्वाचनमा सिनेट र प्रतिनिधिसभाका विभिन्न सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । सिनेटका ६ सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तीमध्ये अलास्का, कन्सास, ...
: अमेरिकामा भएको मध्यावधि निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। अमेरिकी मध्यावधि चुनावमा मतगणन भइरहँदा कंग्रेसमा नियन्त्रण कायम गर्ने दौडमा डेमोक्रेटिक पार्टीले बलियो सुरुवात गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रिपब्लिकन पार्टीबाट प्रतिनिधि सभाको नियन्त्रण खोस्न डेमोक्र्याटहरूलाई ३ सिटको आवश्यकता छ भने सिनेटको नियन्त्रण लिन थप ३ सिटको जित आवश्यक छ। हालसम्म सिनेटमा सिनेटका १०० सिटमध्ये ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूतले रुस–युक्रेन युद्ध अन्त्यका लागि अर्को साता यूएईको राजधानी आबु धाबीमा शान्ति वार्ता हुने दाबी गरेका छन् । समाचार अनुसार आगामी नोभेम्बर १० र ११ मा त्रिपक्षीय शान्ति वार्ता हुने भएको छ । गत फेब्रुअरीमा इरानसँगको युद्ध चर्किएपछि स्थगित भएको कूटनीतिक प्रयासलाई पुन: सुरु गर्ने क्रममा यो महत्त्वपूर्ण बैठक तय भएको ...