मुख्य समाचार
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते रिहा हुने
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते रिहा हुने

: नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी आगामी कात्तिक २६ गते रिहा हुने भएका छन् ।

काठमाडौं जिल्ला अदालतले रायमाझीलाई कैदमुक्त गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्राचार गरेको छ । अदालतको तहसिल लगत शाखाले कात्तिक १३ गते आदेश जारी गर्दै उनलाई रिहा गर्न निर्देशन दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाइएका रायमाझी २०८० वैशाख २० गते पक्राउ परेका थिए । त्यसयता उनी डिल्लीबजार कारागारमा थुनामा थिए ।

काठमाडौं जिल्ला अदालतले २०८३ असार ३० गते सजाय निर्धारण गर्दै उनलाई चार वर्ष कैद, ४० हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा १ हजार ६ सय रुपैयाँ दाखिला गर्नुपर्ने फैसला गरेको थियो ।

तर, ६५ वर्ष उमेर पूरा हुन लागेकाले उनले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैद सजायमा २५ प्रतिशत छुट पाएका छन् । चार वर्षको कैद सजायमध्ये एक वर्ष छुट भएपछि उनले तीन वर्ष मात्रै कैद भुक्तान गर्नुपर्ने भएको हो ।

रायमाझीले २०८० वैशाख २० गतेदेखि नै थुनामा बसेको अवधि गणना गर्दा तीन वर्षको कैद सजाय २०८३ वैशाख १९ गते नै पूरा गरिसकेका छन् । जरिवाना नतिरेबापत हुन सक्ने थप चार महिना १४ दिनको कैदसमेत उनले थुनामा बसेको अतिरिक्त अवधिबाट कट्टा गरिएको अदालतले जनाएको छ ।

अदालतका अनुसार कैद र जरिवानाबापतको सजाय भुक्तान भइसकेको छ । तर, रिहा हुनुअघि उनले फैसलाबमोजिमको १ हजार ६ सय रुपैयाँ क्षतिपूर्ति दाखिला गर्नुपर्नेछ ।

उक्त रकम दाखिला गरेपछि अन्य कुनै मुद्दा वा कारणले थुनामा राख्नुपर्ने अवस्था नरहेमा उनलाई कात्तिक २६ गते कैदमुक्त गर्न अदालतले कारागारलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य ...
। ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल ...
। जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका हुन् । उनले वालेन्द्र ...
। कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ गरिएको बताए । उनका ...
तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि नेपाल पर्यटन बोर्डले ...