मुख्य समाचार
मन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताए
मन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताए

। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् ।

कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा मन्त्री गौतमले फौजदारी कसुर, घरेलु हिंसा तथा लैङ्गिक हिंसासम्बन्धी मुद्दामा मेलमिलापको नीति लागू नहुने स्पष्ट पारेकी हुन् ।

फौजदारी कानुन आकर्षित हुने अपराधलाई मेलमिलापको प्रक्रियाबाट समाधान गर्न नसकिने उनको भनाइ छ । समाजमा दीर्घकालीन असर नपार्ने तथा व्यक्तिबीच उत्पन्न हुने निश्चित प्रकृतिका विवाद र वाणिज्यसम्बन्धी विवादलाई भने मेलमिलापमार्फत समाधान गर्न सकिने उनले बताइन् ।

अदालतमा पुगेका विवादलाई कम खर्चिलो, सहज र छिटो प्रक्रियाबाट समाधान गर्न मेलमिलाप सम्बन्धी ऐन, २०६८ लाई संशोधन गर्न लागिएको जानकारी उनले दिइन् ।


‘दुई पक्ष अथवा दुई भन्दा बढी पक्षहरूको जुन झगडा हुन्छ, त्यो झगडा अदालती प्रक्रियामा गइसकेपछि लामो समय लाग्ने, त्यसका आफ्नै जटिलताहरू हुने, त्यसका खर्चहरू पनि तिनै प्रकृतिका हुने र न्याय सम्पादनमा जसले समस्या परेर अदालतको ढोकासम्म गएको हो,’ मन्त्री गौतमले भनिन्, ‘त्यहाँ जाँदाखेरि चाहिँ समयमै न्याय पाउनको लागि प्रक्रियागत विषयले गर्दा ढिलाइ हुने कारणहरूलाई कसरी कम खर्चिलो बनाउन सकिन्छ, कसरी सहज बनाउन सकिन्छ, कसरी दुइटा पक्षलाई चाहिँ नि चित्तबुझ्दो ढंगबाट उपाय दिन सकिन्छ भन्ने कोणबाट सोचेर नै यो मेलमिलाप सम्बन्धी ऐनलाई संशोधन गरेको हो ।’

अदालतको लामो प्रक्रिया, समय र खर्चका कारण न्याय प्राप्तिमा हुने ढिलाइ कम गर्दै विवादका दुवै पक्षलाई चित्तबुझ्दो समाधान उपलब्ध गराउने उद्देश्यले विधेयक ल्याएको उनको दाबी छ । विधेयकमा पाँचभन्दा बढी न्यायाधीश कार्यरत रहेका अदालतमा प्रधानन्यायाधीशले तोकेको न्यायाधीशबाट मेलमिलापसम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्तावसमेत गरिएको छ । तर, न्यायाधीश स्वयंले मेलमिलाप गराउने व्यवस्थाको उपयुक्तताबारे समितिका सदस्यहरूले प्रश्न उठाएका थिए । यसमा जवाफ दिँदै मन्त्री गौतमले विवादका पक्षहरू अन्तत: न्यायाधीशसमक्ष पुग्दा न्याय निरूपणप्रति विश्वास र ढुक्क हुने अवस्था सिर्जना हुन सक्ने भएकाले उक्त व्यवस्था प्रस्ताव गरिएको बताइन् ।

मेलमिलापकर्ताको शैक्षिक योग्यतासम्बन्धी व्यवस्थामा पनि लचकता अपनाइएको जानकारी उनले दिइन् ।

‘हामीले लामो छलफल गरिसक्दाखेरि झगडियाहरूको न्याय निरुपण न्यायाधीशले गर्दाखेरि मान्छेले अलिकति ढुक्क महसुस गर्ने खालको वातावरण चाहीँ हुन्छ । प्राय त्यो खालको अन्डरस्ट्यान्डिङ हुन्छ । त्यही भएर यसो गर्दा उपयुक्त होला कि भनेर हामीले यो राख्यौँ । कतिपय ठाउँमा मेलमिलापकर्ता ब्याचलर पास गरेको हुनुपर्ने भन्ने छ, तर दूरदराजहरूमा त्यस्तो ब्याचलर पास गरेको व्यक्ति नभेटियो भने के गर्ने भन्ने सवालमा हामीले चाहिँ नभेटिएको खण्डमा मात्रै कम्तीमा माध्यमिक तहको शिक्षा उत्तीर्ण गरेको वा सोसरहको शैक्षिक योग्यता भएको व्यक्तिले मेलमिलापकर्ताको रुपमा काम गर्न सकिने कुराहरू पनि राखेका छौं,’ मन्त्री गौतमले भनिन् ।

सामान्य अवस्थामा स्नातक तह उत्तीर्ण गरेको व्यक्ति मेलमिलापकर्ता हुनुपर्ने व्यवस्था प्रश्ताव गरिएपनि दुर्गम क्षेत्रमा त्यस्तो योग्यता भएको व्यक्ति उपलब्ध नभएमा माध्यमिक तह उत्तीर्ण वा सोसरहको शैक्षिक योग्यता भएको व्यक्तिले पनि मेलमिलापकर्ताका रूपमा काम गर्न सक्ने व्यवस्था राखिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले आगामी कोप–३१ सम्मेलनमा नेपालले जलवायु न्याय, पर्याप्त वित्तीय सहयोग र हिमाल संरक्षणका मुद्दालाई सशक्त रूपमा उठाउने बताएकी छन् । मंगलबार काठमाडौंमा आयोजित ‘जलवायु वार्ताको टेबलमा नेपाल: जलवायु जोखिमबाट कूटनीतिक प्रभावतर्फ’ विषयक कार्यक्रममा मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले जलवायु सङ्कटमा नेपालको योगदान नगण्य भए पनि यसको ठूलो मूल्य ...
। ७ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा दुई देशबीचको ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध स्मरण गर्दै कर्णाली प्रदेशको समग्र विकास, आधुनिक कृषि प्रणाली तथा प्रविधि हस्तान्तरणका विषयमा गहन छलफल भएको मुख्यमन्त्री शाहीले बताए । उनका अनुसार छलफलमा इजरायलले कृषि क्षेत्रमा हाँसिल ...
। जय नेपाल पार्टीले संविधान संशोधनसहित आठ बुँदे संकल्प सार्वजनिक गरेको छ । आफ्ना माग सम्बोधन नभए चरणबद्ध शान्तिपूर्ण आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । पार्टी सभापति धवलशमशेर राणाले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र प्रदेश संरचनाबारे जनमत संग्रहलगायत विषयलाई संविधान संशोधनका प्राथमिकताका रूपमा अघि सारेका हुन् । उनले वालेन्द्र ...
। कैलालीमा भरुवा बन्दुक बनाउने सामग्रीसहित एक जना पक्राउ परेका छन् । मोहन्याल गाउँपालिका–३ फल्टेबिसौनाबाट भरुवा बन्दुक बनाउने सामग्रीसहित ६० वर्षीय लालबहादुर कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले कामीलाई घरमा अवैध हातहतियार बनाउने काम भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खानतलासी गर्दै पक्राउ गरिएको बताए । उनका ...
तपाईं कुकुरलाई माया गर्नुहुन्छ ? कुकुरको भावना बुझ्नुहुन्छ ? कुकुरको बारेमा जानकारी राख्नुहुन्छ ? त्यसो हो भने तपाईंका लागि एउटा अवसर छ- कुकुर तिहारको बारेमा राम्रो रील बनाउने । तपाईंले बनाएको रील सर्वोत्कृष्ट ठहरिएमा एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । यसरी कुकुरको सर्वोत्कृष्ट रीललाई सरकारले पुरस्कृत गर्न लागेको हो । किनकि नेपाल पर्यटन बोर्डले ...