: अमेरिकामा भएको मध्यावधि निर्वाचनको मतदान सकिएसँगै मतगणना सुरु भएको छ। अमेरिकी मध्यावधि चुनावमा मतगणन भइरहँदा कंग्रेसमा नियन्त्रण कायम गर्ने दौडमा डेमोक्रेटिक पार्टीले बलियो सुरुवात गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
रिपब्लिकन पार्टीबाट प्रतिनिधि सभाको नियन्त्रण खोस्न डेमोक्र्याटहरूलाई ३ सिटको आवश्यकता छ भने सिनेटको नियन्त्रण लिन थप ३ सिटको जित आवश्यक छ।
हालसम्म सिनेटमा सिनेटका १०० सिटमध्ये यसपालि ३५ सिटका लागि मात्र चुनाव भएको हो। डेमोक्रेटिक पार्टीले ४५ सिट र रिपब्लिकन पार्टीले ३५ सिट जितेको छ। डेमोक्रेटिक पार्टीलाई एक सिट फाइदा भएको छ। यसैगरी प्रतिनिधि सभामा कुल ४३५ सिटमध्ये बहुमत कायम गर्न २१८ सिट जित्नुपर्छ। जसमा डेमोक्रेटिक पार्टीले ७३ सिट र रिपब्लिकन पार्टीले ३६ सिट जितेको छ।
चुनावी नतिजाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ह्वाइट हाउसको बाँकी दुई वर्षको कार्यकालको दिशा तय गर्नेछ। यदि डेमोक्र्याटिक पार्टीले कंग्रेसका दुवै वा कुनै एक सदनमा नियन्त्रण कायम गर्न सकेमा प्रशासनिक योजनाहरू र बजेट पास गराउन ट्रम्प प्रशासनका लागि मुख्य चुनौती बन्नेछ।
यो चुनावलाई ट्रम्पको दोस्रो कार्यकालप्रतिको जनमत सङ्ग्रहका रूपमा व्यापक रूपमा हेरिएको छ। मतदाताहरू महँगी), इन्धनको बढ्दो मूल्य र इरानसँगको अलोकप्रिय युद्धबारे चिन्तित छन्।
ह्वाइट हाउसका एक अधिकारीका अनुसार, राष्ट्रपति डोनल्ड ट्रम्पको चुनावको रातको रिसेप्सन इस्ट रुममा चलिरहेको छ। उनी क्याबिनेट अधिकारीहरू र राजनीतिक सल्लाहकारहरूसँग नतिजा आउँदै गरेको हेरिरहेका छन्। ट्रुथ सोसलमा गरिएका पोस्टहरूबाट प्रमाणित भएअनुसार उनको मुड खराब छ। उनले चुनावको बारेमा फक्स न्यूजको कभरेजलाई लिएर गुनासो गरिरहेका छन्।
मतदान बन्द हुँदै गर्दा धेरै ट्रम्प समर्थकहरू र चुनाव अस्वीकार गर्नेहरूले मध्यावधि चुनावको बेला ट्रम्पलाई मार्सल ल लागू गर्न सार्वजनिक रूपमा आह्वान गरिरहेका थिए।