मुख्य समाचार
न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल
न्यायालयप्रति आएका विषयबारे गहिरो छानबिन आवश्यक : अर्याल

। नेकपा एमालेकी उपनेता पद्या अर्यालले सर्वोच्च अदालतका न्यायाधीश तथा न्यायालयसँग जोडिएर समाचार सार्वजनिक हुँदैमा कसैलाई दोषी ठहर गर्न नमिल्ने बताएकी छिन् । तर सार्वजनिक भएका विषयले न्यायालयप्रति जनताको विश्वासमा असर पार्न सक्ने भएकाले निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको उनको भनाइ छ ।

‘प्रधानन्यायाधीश र न्यायाधीशहरूसित जोडिएर जुन खालको विषय सार्वजनिक भएको छ, यो गम्भीर चिन्ताको विषय हो । कुनै तथ्यले पुष्टि गर्‍यो भने जनताको जुन न्यायालय प्रतिको भरोसा हो, त्यो भरोसा टुट्ने स्थिति छ । न्यायालयमा किनबेच भयो भने त्यो भन्दा डरलाग्दो कुरा केही पनि हुँदैन । त्यसर्थ हामी निकै गम्भीर छौं,’ उनले भनिन् ।




उनले न्यायाधीश र न्यायलयको सर्न्दभमा न्याय परिषद्, सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) वा संसदको समितिमार्फत छानबिन गर्न सकिने बताए । महाभियोग प्रस्ताव संसद्मा दर्ता भएको अवस्थामा सभामुखले कार्यव्यवस्था परामर्श समितिसँगको परामर्शमा ११ सदस्यीय छानबिन समिति गठन गर्न सक्ने व्यवस्था नियमावलीमा रहेको उनको भनाइ छ ।

‘जुन घटनाक्रमहरू अथवा जुन समाचारहरू बाहिरिएका छन्, त्यो विषयले हामी धेरै गम्भीर नै छौँ । त्यसर्थ बाहिर सार्वजनिक भएका विषयहरूको निष्पक्ष र गहिरो अध्ययनको जरुरी छ, जाँचबुझको जरुरी छ, छानबिनको जरुरी छ । त्यो गर्नको निम्ति न्याय परिषद्ले पनि गर्न सक्छ, सर्वोच्च अदालतको फुलकोर्टले पनि गर्न सक्छ । संसदमा प्रवेश गर्‍यो भने संसदले पनि एउटा समितिका माध्यमबाट त्यो गर्न सक्छ । कानुनले पनि ती व्यवस्था गरेका छन् । त्यसैले समाचार आउँदैमा सबै दोषी हुन् भन्ने निष्कर्षमा पनि हामी पुग्न सक्दैनौँ,’ उनले भनिन् ।


पक्राउ परेका विचौलिया इनम सापकोटासँग प्रधानन्यायधीश तथा सर्वोच्च अदालतका न्यायधीशसंग सम्पर्क रहेको पाइएपछि महाभियोगको चर्चा चलेको छ । तर यस विषयमा बहुमतको एकल सरकार चलाइरहेको रास्वपाले आधिकारिक धारणा सार्वजानिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर ...
। चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो । आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए । अप्टोमेट्रिस्टका ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता ...
। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई ...
। डोल्पाको दुनैस्थित जिल्ला कारागारबाट फरार भएका दुई कैदी रुकुम पश्चिमबाट पक्राउ परेका छन् । शनिबार बिहान ६ बजे जिल्ला कारागार डोल्पाबाट ६ कैदी र २ थुनुवा गरी ८ जना फरार भएका थिए । फरार भएकामध्ये दुई कैदीलाई रुकुम पश्चिमबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० का ३२ वर्षीय रामबहादुर कामी र सल्यानको ...