। धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।