मुख्य समाचार
देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग
देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग

। नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ ।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो ।

‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी लिने र सोधपुछ गर्ने क्रममा कसले के भन्यो भन्ने विवरणहरू पनि बाहिर आइरहेका छन् । यी विषय निकै गम्भीर छन्,’ पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले भने, ‘त्यसैले यसको गहिराइसम्म पुगेर निष्पक्ष र गम्भीर छानबिन हुनुपर्छ । सबै तथ्य र प्रमाणका आधारमा मात्रै निर्णय गरिनुपर्छ ।’

उनले कांग्रेसको आधिकारिकताका लागि ‘निर्वाचन आयोग र अदालतमा भएको भनिएको चलखेल’मा संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्ने पनि बताए । सरकारले गर्ने छानबिनमा आफूहरू विश्वस्त नभएको पनि नेता महतले जिकिर गरे ।


‘यो त सरकारले पनि ठीक ढंगले छानबिन गर्छ कि गर्दैन थाहा छैन । त्यसकारण संवैधानिक निकायहरूले नै यसमा हस्तक्षेप गर्नुपर्छ,’ उनले भने, ‘अधिकारको दुरुपयोग जहाँबाट भएको छ, त्यसको गहिराइमा जानुपर्छ । गहिराइसम्म पुगेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ ।’

नेता महतले गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई आधिकारिता दिने विषयमा निर्वाचन आयोगकै एक आयुक्तले तत्कालीन समयमा ‘नोट अफ डिसेन्ट’ लेखेको पनि स्मरण गरे । ‘निर्वाचन आयोगकै एक जना सदस्यले समेत विधि र नियम नमिलेको भन्दै नोट अफ डिसेन्ट राख्नुभएको थियो,’ उनले भने ।

नेता महतले निर्वाचन आयोगले तत्कालीन समयमा गरेको निर्णय गलत भएको दोहोर्‍याए । ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं कि तत्कालीन विशेष अधिवेशन विधि–प्रक्रिया मिचेर गरिएको थियो । त्यसबेला अधिवेशनमा यति ठूलो संख्यामा प्रतिनिधि उपस्थित थिए भनियो,’ उनले भने, ‘तर त्यसको प्रमाण र आधार नहेरी, हाम्रो पक्षको कुरा समेत नसुनी निर्वाचन आयोगले जुन हतारमा निर्णय गर्‍यो, त्यो गलत थियो ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। साविक विजेता लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट मात्र गुमाएर पूरा गर्‍यो । लुम्बिनीले ३ खेलबाट ५ अंक जोड्दै अंकतालिकामा शीर्ष स्थानमा उक्लेको छ । यस सिजन लुम्बिनी मात्र अपराजित छ । ...
। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले चीन र भारतसँग समान तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँ दिल्लीमा ‘भारत विरोधी राष्ट्रवादको युग अन्त्य भएको’ भन्दै दिएको अभिव्यक्तिको आलोचना गर्दै उनले सो धारणा राखेका हुन् । काठमाडौंमा सोमबार आयोजित एक सेमिनारमा बोल्दै उनले सरकारको नेतृत्व गरिरहेकाहरुले कुनै दिन चीन गएर ...
। चिकित्सा शिक्षा आयोगले लिएको अप्टोमेट्रिस्टको (दृष्टि विशेषज्ञ) प्रवेश परीक्षामा प्रश्नपत्र अपुग भएपछि परीक्षा रोकिएको छ । प्रश्न पत्र नै अपुग भएपछि केही समय परीक्षार्थीलाई केन्द्रबाट बाहिर निकालिएको थियो । आयोगका अनुसार अहिले थप प्रश्नपत्र बनाएर परीक्षा सुरू गरिएको छ । आयोगका सदस्य सचिव हरि निरौलाले प्राविधिक त्रुटिका कारण परीक्षा केही समयका लागि रोकिएको बताए । अप्टोमेट्रिस्टका ...
। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा (एमाले)मा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो आह्वान गरेका हुन् । नेकपा (एमाले) व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता ...
। सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलसमक्ष दुईवटा अध्यादेश जारी गर्न सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार, प्रेस काउन्सिल नेपाल २०४८ लाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल नेपाल ऐनलाई ...