मुख्य समाचार
अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित
अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित

। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ ।

केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य हुन्छ ।

तर, सूचना प्रविधि विभागको सर्भरमा आएको खराबीका कारण ओटीपी जेनेरेट नहुँदा दर्ता प्रक्रिया नै अगाडि बढ्न नसकेको कम्पनी रजिस्ट्रारको कार्यालयका सूचना अधिकारी निर्माणकुमार कार्कीले बताए ।


सेवाग्राहीले कम्पनी दर्ताको काम नभएको भन्दै निरन्तर गुनासो गर्न थालेपछि कार्यालयले सूचना प्रविधि विभागको प्रणालीमा आएको समस्याका कारण ओटीपी नआएको बताएको छ ।

‘हाम्रो आन्तरिक प्रणालीमा पनि सामान्य समस्या नभएको होइन, तर मुख्यगरी कम्पनी दर्ता गर्दा सूचना प्रविधि विभागकै प्रणालीमा समस्या भएकाले ओटीपी नआएको हो,’ उनले अनलाइनखबरसँग भने, ‘अघिल्लो साता बिहीबार–शुक्रबारदेखि यो समस्या देखिएको थियो, लगातार तीन दिनसम्म ओटीपी नआएर कामै रोकियो, सोमबार केही समय खुलेर काम भए पनि फेरि समस्या दोहोरिएको छ ।’

प्रणाली पूर्णरूपमा बन्द नभए पनि बीचबीचमा चल्ने र रोकिने समस्या भइरहेको कार्कीले बताए । सफ्टवेयरमा प्राविधिक कुरा अपडेट वा परिमार्जन गर्दा यस्तो समस्या आएको हुन सक्ने उनको भनाइ छ ।

कम्पनी दर्ता प्रणालीमा आएको समस्या समाधानका लागि काम गरिरहेको र चाँडै नै प्रणाली पूर्णरूपमा सुरु भई कम्पनी दर्ताको काम नियमित हुने सूचना प्रविधि विभागका सूचना अधिकारी प्रकाश दवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसले संघीय संसद्को अधिवेशन जतिसक्दो चाँडो बोलाउनुपर्नेमा विपक्षी दलहरू एकमत रहेको सन्देश सभामुख डोलप्रसाद अर्याल पुर्‍याएको छ । मंगलबार प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख अर्याललाई भेट्न सिंहदरबार पुगेका थिए । सभामुखसँगको भेटपछि आङ्देम्बेले संसदलाई लामो समय खाली राख्न नहुने बताएका हुन् । ‘गम्भीर विषयहरू आएको र आएका विषयमा ...
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै उनको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो । साथै, नेपाल र युरोपेली ...
। कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पाँचवटा महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको हो । बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो प्रस्ताव आर्थिक मामिला ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ । देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो । उनलाई देउवा समूहद्वारा गठित ‘१५औं केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् । पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको ...
। सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ६ वटा निर्णयहरू गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– –एशियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन ...