मुख्य समाचार
विवादमा मुछिएपछि बिदामा बसे न्यायाधीश हरि फुयाल
विवादमा मुछिएपछि बिदामा बसे न्यायाधीश हरि फुयाल

। तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार, उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । आगामी साताभर तिहारका कारण सार्वजनिक बिदा छ । ३० कार्तिकमा अदालत हाजिर हुनेगरी उनले बिदा लिएका हुन् ।

उच्चपदस्थ अधिकारीहरुसँग सेटिङको प्रयास गरेको आरोपमा पक्राउ परेका इनम सापकोटासँग होटल हिमालयमा भेटेको विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालमाथि प्रश्न उठेको थियो । त्यो विवरण सार्वजनिक भएपछि उनले आफूले सापकोटालाई भेटेका कारण विचाराधीन मुद्दा प्रभावित नभएको स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (ईयू) का नवनियुक्त राजदूत चार्ल्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाइ दिँदै उनको सफल तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा दुवैजनाबीच आपसी हितका विविध विषयमा विचार आदानप्रदान भएको थियो । साथै, नेपाल र युरोपेली ...
। कर्णाली प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरण कोष स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले पाँचवटा महत्वपूर्ण प्रस्तावमा निर्णय गरेको हो । बैठकले योगदानमा आधारित निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) सम्बन्धी विधेयक, २०८३ प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यो प्रस्ताव आर्थिक मामिला ...
। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले भ्रातृ संगठन नेपाल दलित संघमा समानान्तर अध्यक्ष मनोनीत गरेको छ । देउवा समूहले तनहुँकी यमुना विश्वकर्मालाई दलित संघको केन्द्रीय अध्यक्ष मनोनीत गरेको हो । उनलाई देउवा समूहद्वारा गठित ‘१५औं केन्द्रीय महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइरालाले अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् । पत्रमा विश्वकर्मालाई ६ महिनाभित्र दलित संघको ...
। सरकारले मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् । उनका अनुसार, आजको बैठकले मुख्य ६ वटा निर्णयहरू गरेको छ । यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू– –एशियाली विकास बैंकबाट सडक सुधारका लागि प्राप्त हुने २८५ मिलियन अमेरिकन डलर बराबरको सहुलियतपूर्ण ऋण र २० मिलियन ...
। धनगढीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१६ भादास्थित गणेश सामुदायिक वनमा घर पोत्नका लागि माटो लिन गएकी स्थानीय ३९ वर्षीया कवितादेवी चौधरीको ढिस्कोले पुरिएर मृत्यु भएको हो । सोमबार साँझ करिब ५ बजे माटो खन्ने क्रममा एक्कासी ढिस्को खस्दा उनी पुरिएर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि नवजीवन अस्पताल धनगढी ...