मुख्य समाचार
देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूको काँधमा रहेको
देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूको काँधमा रहेको

: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूको काँधमा रहेको बताएका छन्।

मङ्गलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै नेपालले सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताए। कम्युनिस्टहरू नै यो देशको परिवर्तनका वाहक रहेको उल्लेख गर्दै उनले समाज रूपान्तरण गर्दै जनताको जीवनस्तर सुखी र समृद्ध बनाउन हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।

नेकपामा सबै जिम्मेवार नेताहरू मात्र रहेको दाबी गर्दै सहसंयोजक नेपालले देशप्रति सबैभन्दा बढी चिन्ता र चासो पनि नेकपाकै रहेको जिकिर गरे।

त्यस्तै, उनले आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा सहकार्यको आवश्यकता औँल्याए। निर्वाचनलाई लक्षित गर्दै वडा-वडा र पालिका-पालिकामा नेताहरू परिचालन गरेर पार्टीको अवस्थाको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता रहेको समेत उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको देउवा समूहले पछिल्लो समय पार्टीको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेका विषयबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर देउवा समूहले विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वले पाएको आधिकारिकताबारे सञ्चारमाध्यममार्फत सार्वजनिक भइरहेको तथ्यबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको हो । ‘अहिले मिडियामार्फत नयाँ–नयाँ तथ्यहरू सार्वजनिक भइरहेका छन् । प्रहरीले जानकारी ...
। त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार डा.रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमायाँ भट्टराई पंगेनीद्वारा हस्ताक्षर गरिएको सम्झौता पत्रमा त्रिभुवन विश्वविद्यालयका विभिन्न निकायद्धारा जारी प्रमाणपत्रहरु हुलाक सेवा कार्फत विद्यार्थीको फोन नं. सहितको पूर्ण ...
। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य ...
। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफित देखिएको दाबी गरेको छ। मुद्दा रुजु हुनेक्रममा छ। नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष ...
: रुपन्देहीको कोटहहीमाई गाउँपालिकामा महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै आरोपी कोटहीमाई ...