मुख्य समाचार
‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ
‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ

। निरन्तर वर्षाका कारण अवलोकनकर्तालाई समस्या भएपछि ललितपुर जावलाखेलमा जारी ‘१९औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’ अवधि दुई दिन थपिएको छ ।

आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार कात्तिक १२ देखि सुरु भई १६ सम्म चल्ने तय भएको प्रदर्शनी अब कात्तिक १८ सम्म सञ्चालन हुनेछ ।

फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठले वर्षाका कारण फूलप्रेमी दर्शकलाई अवलोकनमा असुविधा पुगेकाले समय लम्ब्याउने निर्णय गरिएको बताए ।

‘रोपौं फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नारासाथ सुरु भएको यस प्रदर्शनीमा विभिन्न प्रजातिका गोदावरी फूल तथा आकर्षक पुष्प सजावटका सामग्री राखिएका छन् ।


फ्यानका वरिष्ठ उपाध्यक्ष एवं मेला संयोजक रामबहादुर तामाङका अनुसार आइतबार साँझसम्म २३ हजारभन्दा बढी दर्शकले मेला अवलोकन गरिसकेका छन् भने ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

सदर चिडियाखाना अगाडि जावलाखेल खेलमैदानमा बिहान ९ देखि साँझ ५ बजेसम्म मेला अवलोकन गर्न सकिने छ । प्रदर्शनीले पुष्प व्यवसाय प्रवर्द्धन, फूलको व्यावसायिक उत्पादन र आन्तरिक बजार विस्तारमा महत्त्वपूर्ण सहयोग पुग्ने फ्यान महासचिव हिरामणि शर्माले बताए ।

यस प्रदर्शनीको सहआयोजकमा बागमती प्रदेशको कृषि विकास निर्देशनालय, पुष्प विकास केन्द्र, कृषि विभाग र राष्ट्रिय फलफूल बाली विकास केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अनलाइन प्रणालीमा समस्या हुँदा कम्पनी रजिस्ट्रारको कार्यालयबाट हुने नयाँ कम्पनी दर्ता प्रक्रिया प्रभावित भएको छ । केही दिनदेखि अनलाइन प्रणाली मार्फत कम्पनी दर्ता गर्दा आवश्यक पर्ने ‘वान टाइम पासवर्ड’ (ओटीपी) मोबाइलमा नआउँदा सेवाग्राहीहरूको काम रोकिन पुगेको हो । कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार नयाँ कम्पनीको नाम प्रस्ताव गर्न र दर्ता प्रक्रिया अगाडि बढाउन प्रणालीले माग्ने ओटीपी अनिवार्य ...
। पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता माधवकुमार नेपालविरुद्ध विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा पेस भएको छ। मन्त्रिपरिषद्‌बाट निर्णय गराएर सार्वजनिक जग्गा छुट दर्ता गराएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा पेस गरेको हो। अख्तियारले विराटनगर क्षेत्रको सार्वजनिक जग्गा छुट दर्तामा कैफित देखिएको दाबी गरेको छ। मुद्दा रुजु हुनेक्रममा छ। नेपालविरुद्ध विशेष अदालतमै पतञ्जली जग्गा प्रकरणको मुद्दा पनि विशेष ...
: रुपन्देहीको कोटहहीमाई गाउँपालिकामा महिलाको हत्यासमेतको आरोपमा अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कोटहीमाई गाउँपालिका–६, खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, खजनी चोककै ३० वर्षीय प्रमोद कुमार कुर्मी, बोगडीका २६ वर्षीय मन्जे हरिजन, मर्चवारीका ३५ वर्षीय धर्मराज यादव रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । पक्राउ परेका सबै आरोपी कोटहीमाई ...
। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र प्रवर्द्धनका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने बताएकी छन् । उनले नर्सरी व्यवसायको विकास र विस्तारका लागि सरकार प्रतिबद्ध रहेको बताइन् । नर्सरी व्यवसायी संघ नेपालले आयोजना गरेको ‘तिहार फ्लोरा एक्स्पो २०८३’ आज काठमाडौंको भृकुटीमण्डपमा उदघाटन गर्दै मन्त्री चौधरीले स्वदेशी फूलको ...
। तिहार बिदापछि मात्रै अदालतमा फर्किनेगरी सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाल बिदामा बसेका छन् । सर्वोच्च अदालत प्रशासनका अनुसार, उनले मंगलबारदेखि शुक्रबारसम्म बिदा लिएका हुन् । शुक्रबारपछि तिहार बिदा शुरु हुन्छ । आगामी साताभर तिहारका कारण सार्वजनिक बिदा छ । ३० कार्तिकमा अदालत हाजिर हुनेगरी उनले बिदा लिएका हुन् । उच्चपदस्थ अधिकारीहरुसँग सेटिङको प्रयास गरेको आरोपमा ...