। काठमाडौंको चाबहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित सडकमा प्र.३–०१–००६ ख ०६३० नम्बरको बसले बा.प्र–०२–०५३ प १८६४ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक काठमाडौ जोरपाटी बस्ने पर्वत महाशिला गाउँपालिका–१ घर भएका ३१ वर्षीय सुमन प्रसाद अधिकारीको मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको हेल्पिङ हेण्ड्स अस्पताल चावहिलमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।