मुख्य समाचार
युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु
युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु

: युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ ।

क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्थानीय विद्यालयमा पहिलो आक्रमण भएपछि मानिसहरू आश्रय लिएर बसेको स्थानमा दोस्रो आक्रमण गरिएको बताएका छन् ।

युक्रेनको आपत्कालीन सेवा (DSNS) का अनुसार मृत्यु हुनेमा दुई जना उद्धारकर्मी र चार जना प्रहरी अधिकारीसमेत छन् । आक्रमणपछि उद्धार टोलीले भग्नावशेषमा पुरिएकाहरूको खोजी गरिरहेको छ ।

तर, क्षेत्रमा रुसी ड्रोन आक्रमणको जोखिम कायम रहेकाले उद्धार कार्य पटकपटक रोक्नुपरेको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीले मानवीय सहायता लिन आएका सर्वसाधारणलाई लक्षित गरी गरिएको आक्रमणलाई अत्यन्त भयावह भन्दै रुसले तनाव कम गर्ने इच्छा नदेखाएको आरोप लगाएका छन् ।

सन् २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ । बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । । बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा ...
: अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ । इरानले सद्भावनाको सङ्केतस्वरूप ...
: इन्डोनेसियाका कालिमन्तान, पपुवा र सुमात्रा क्षेत्रमा लागेको डढेलोबाट निस्किएको विषाक्त धुवाँ छिमेकी देशसम्म फैलिँदा दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक प्रभावित भएका छन् । सिंगापुर र मलेसियासम्म फैलिएको धुवाँका कारण पछिल्ला केही सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्या र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखिएका छन् । धुवाँको प्रभावले जनस्वास्थ्यमा समस्या बढेसँगै छिमेकी देशका सरकारमाथि आफ्ना नागरिकको असन्तुष्टि सम्बोधन गर्नुपर्ने दबाब ...
: माइनर र नेट स्वान्सनको अंग्रेजी म्यागाजिन फरेन अफेयर्समा इरानसँगको युद्ध अन्त्य गर्न खाडी मुलुकहरूले मध्यस्थता गर्न सक्छन् भन्ने प्रकाशित तर्क गम्भीर विचारणीय छ। खाडी मुलुकहरूसँग आर्थिक प्रभाव, कूटनीतिक सम्बन्ध र तत्कालीन क्षेत्रीय सुरक्षा चासो छन्, जसले युद्धरत पक्षहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छन्। तर, यो प्रस्ताव एउटा महत्वपूर्ण मान्यतामा आधारित छ– वासिङ्टन वास्तवमै युद्ध अन्त्य गर्न ...
: अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०' विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ। नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना ...