मुख्य समाचार
अमेरिकाले माग पूरा गरे दुई दिनमै होर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाइ
अमेरिकाले माग पूरा गरे दुई दिनमै होर्मुज जलमार्ग खोल्न सकिने इरानको भनाइ

: अमेरिकाले आफ्ना ‘वैध’ माग पूरा गरेमा दुई दिनभित्र स्ट्रेट अफ होर्मुज पुनः खोल्न सकिने इरानले जनाएको छ ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सोमबार तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । उनका अनुसार इरान र अमेरिकाबीच मध्यस्थकर्तामार्फत हुने अप्रत्यक्ष वार्ताको आधार तेहरानले गत सेप्टेम्बरमा प्रस्ताव गरेको सातदिने योजना हुनेछ ।

इरानले सद्भावनाको सङ्केतस्वरूप उक्त योजनाको कार्यान्वयन अवधि घटाएर दुई दिनमा झारेको पनि बाघाईले बताए ।

उनले भने, “इरानका माग पूरा भएमा स्ट्रेट अफ होर्मुजमा सुरक्षा पुनः कायम गर्न र छोटो समयमै वार्ता प्रक्रिया सुरु गर्न सम्भव हुनेछ ।” यस विषयमा अन्तिम निर्णय अमेरिकी पक्षको हातमा रहेको उनको भनाइ छ ।

बाघाईका अनुसार इरानले आफ्ना माग स्पष्ट, उचित र तार्किक रूपमा प्रस्तुत गरेको छ । अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुका साथै तेहरानका माग सम्बोधन नगरेसम्म कुनै सम्झौता नहुने उनले बताए । त्यसो नभएसम्म होर्मुज जलमार्ग पुनः खोल्न र त्यहाँ सुरक्षा सुनिश्चित गर्न सम्भव नहुने उनको भनाइ छ ।

इरानले युद्ध अन्त्य गर्ने र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने सर्त समेटिएको सातदिने योजना गत सेप्टेम्बर २२ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा मध्यस्थकर्तामार्फत अमेरिकासमक्ष प्रस्तुत गरेको थियो । त्यसयता दुवै देशबीच उक्त प्रस्तावबारे सन्देश आदानप्रदान भइरहेको बताइएको छ ।

यसै वर्ष फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरानसहित इरानका विभिन्न सहरमा संयुक्त आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सम्पत्तिलाई लक्षित गरी क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको थियो। साथै, उसले स्ट्रेट अफ होर्मुजमाथिको नियन्त्रण थप कडा बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रमा रुसी हवाई आक्रमणमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । आक्रमणमा पाँच जना घाइते भएका छन् भने केही व्यक्ति भग्नावशेषमा पुरिएको आशंका गरिएको छ । क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार सोमबार कोमिशुभाखा गाउँस्थित मानवीय सहायता वितरण केन्द्रमा कम्तीमा नौवटा तीन हजार किलोग्रामका हवाई बम प्रहार गरिएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर ...
: युरोपका सात देशका दर्जनौँ सुपरमार्केटमा साइबर आक्रमण हुँदा फ्रिज तथा फ्रिजर प्रणाली प्रभावित भएका छन् । आक्रमणका कारण खाद्य सामग्री बिग्रिएपछि ठूलो परिमाणमा खाद्यान्न फाल्नुपर्ने अवस्था सिर्जना भएको छ । बेल्जियम, लक्जेम्बर्ग, स्विडेन, आयरल्यान्ड, नेदरल्यान्ड्स, इस्टोनिया र फिनल्यान्डका सुपरमार्केटहरू साइबर आक्रमणबाट प्रभावित भएको बिबिसिमा उल्लेख छ । । बेल्जियम र लक्जेम्बर्गका डेलहाइजका करिब ४० वटा सुपरमार्केटमा ...
: इन्डोनेसियाका कालिमन्तान, पपुवा र सुमात्रा क्षेत्रमा लागेको डढेलोबाट निस्किएको विषाक्त धुवाँ छिमेकी देशसम्म फैलिँदा दक्षिणपूर्वी एसियाका विभिन्न मुलुक प्रभावित भएका छन् । सिंगापुर र मलेसियासम्म फैलिएको धुवाँका कारण पछिल्ला केही सातादेखि श्वासप्रश्वाससम्बन्धी समस्या र टाउको दुख्नेजस्ता स्वास्थ्य समस्या देखिएका छन् । धुवाँको प्रभावले जनस्वास्थ्यमा समस्या बढेसँगै छिमेकी देशका सरकारमाथि आफ्ना नागरिकको असन्तुष्टि सम्बोधन गर्नुपर्ने दबाब ...
: माइनर र नेट स्वान्सनको अंग्रेजी म्यागाजिन फरेन अफेयर्समा इरानसँगको युद्ध अन्त्य गर्न खाडी मुलुकहरूले मध्यस्थता गर्न सक्छन् भन्ने प्रकाशित तर्क गम्भीर विचारणीय छ। खाडी मुलुकहरूसँग आर्थिक प्रभाव, कूटनीतिक सम्बन्ध र तत्कालीन क्षेत्रीय सुरक्षा चासो छन्, जसले युद्धरत पक्षहरूलाई वार्ताको टेबलमा ल्याउन सक्छन्। तर, यो प्रस्ताव एउटा महत्वपूर्ण मान्यतामा आधारित छ– वासिङ्टन वास्तवमै युद्ध अन्त्य गर्न ...
: अमेरिकाको फ्लोरिडास्थित पाम बीच काउन्टीमा एक निजी विमान दुर्घटना हुँदा त्यसमा सवार नौ जनाकै मृत्यु भएको छ। आइतबार दिउँसो अस्टिन-बर्गस्ट्रोम अन्तर्राष्ट्रिय विमानस्थलबाट बहामासतर्फ उडान भरेको 'लियरजेट ६०' विमान वेस्ट पाम बीच विमानस्थलबाट करिब चार माइल दक्षिणमा पर्ने मिलिटरी ट्रेल नजिकै दुर्घटनाग्रस्त भएको सीएनएनमा उल्लेख गरिएकाे छ। नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्डको तथ्यांक अनुसार यो घटना ...