मुख्य समाचार
कारबाट ३३ लाख बरामद, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ
कारबाट ३३ लाख बरामद, मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

: मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका छन्।

सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक अख्तियारको फन्दामा परेको थियो। चेकजाँचको क्रममा शंकास्पद नगद बरामद भएपछि चालकसहित कारमा सवार भुवन ढुङ्गेल र उनको श्रीमतीलाई अख्तियारले नियन्त्रणमा लियो। त्यसलगत्तै नगरपालिकाको कार्यालयबाट प्रमुख प्रशासकीय अधिकृत घिमिरेलाई नियन्त्रणमा लिइ घटनास्थलमा ल्याइएको छ।

कारबाट ३३ लाख रुपैयाँ बरामद भएको छ। सो रकम घिमिरेले घुसबापत लिइ ब्यवस्थापनको लागि ढुङ्गेललाई दिएको अख्तियारको दाबी छ। प्रमुख प्रशासकीय अधिकृत घिमिरेले भने घुस लिएको इन्कार गरेका छन्। हालः मुचुल्का तयार पार्ने काम भइरहेको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कात्तिक ९ देखि १६ गतेसम्म सञ्चालन गरिएको अभियानका क्रममा ५५९ पुरुष, ७८ महिला र तीन जना अन्य गरी ६४० जना पक्राउ परेका हुन् । पक्राउ ...
: सडकको खाल्डाखुल्डीका कारण मोरङको सुनवर्षीमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ सुनवर्षी नगरपालिका–६ कुडेलीस्थित भित्री सडकमा मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय इन्द्रलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैताबाट कुडेलीतर्फ आउँदै गरेको को ३६ प ९४५८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएको ...
: नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस गरेको छ। सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण बुझाएको हो। महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, ...
: फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। आज बिहान ८:१२ बजे एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर र फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एकापसमा ठोक्किँदा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो। उक्त हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक भने घाइते भएका छन्। घाइतेको उपचारका ...
: फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित रहेका छन्। आज बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ। एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर ...