मुख्य समाचार
फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित
फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित

: फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकोप्टरका पाइलट सुरक्षित रहेका छन्। आज बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै पाइलट सुरक्षित रहेको प्रहरीले जनाएको छ।

एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसीले उडाएका थिए भने फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापतिले उडाएका थिए। प्रहरीका अनुसार फिष्टेल एयरका पाइलट प्रजापतिको खुट्टामा चोट लागेको छ।

दुर्घटनामा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको छ भने न्यूजिल्याण्डका नागरिक घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सडकको खाल्डाखुल्डीका कारण मोरङको सुनवर्षीमा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार साँझ सुनवर्षी नगरपालिका–६ कुडेलीस्थित भित्री सडकमा मोटरसाइकल र साइकल ठोक्किँदा मोटरसाइकल चालक ५० वर्षीय इन्द्रलाल साहको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चैताबाट कुडेलीतर्फ आउँदै गरेको को ३६ प ९४५८ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकलसँग ठोक्किएको ...
: नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको विवरण अध्यावधिकका लागि निर्वाचन आयोगमा पेस गरेको छ। सोमबार महामन्त्री प्रदीप पौडेल नेतृत्वको टोलीले निर्वाचन आयोगमा पुगेर प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको उपस्थितिमा आयोगका सचिव कृष्णप्रसाद काप्रीलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार केन्द्रीय कार्यसमितिको अध्यावधिक विवरण बुझाएको हो। महामन्त्री पौडेलले कांग्रेसको विधान संशोधनसम्बन्धी विवरण, महाधिवेशनबाट पारित राजनीतिक दस्तावेज, ...
: फेरिचे हेलिप्याडमा दुई हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु भएको छ। आज बिहान ८:१२ बजे एयर डाइनेस्टीको 9N-AOD कलसाइन भएको हेलिकप्टर र फिष्टेल एयरको 9N-AJR कलसाइन भएको हेलिकप्टर एकापसमा ठोक्किँदा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको हो। उक्त हेलिकोप्टरमा सवार न्यूजिल्याण्डका नागरिक भने घाइते भएका छन्। घाइतेको उपचारका ...
: मध्यपुर थिमि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले नियन्त्रणमा लिएको छ। उनका भाइ नाता पर्ने भुवन ढुङ्गेल सवार इभी कारबाट शंकास्पद नगद बरामद भएपछि घिमिरे कार्यालयबाटै पक्राउ परेका छन्। सोमबार अपराह्न मध्यपुर थिमि नगरपालिकाबाट निस्किएको बागमती प्रदेश ०१-०३५ च २६८७ नम्बरको टाटा इभी कार निकोसेरास्थित अजिमा पेट्रोल पम्प नजिक ...
: परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगका वैकल्पिक नाकाहरूबाट व्यापारिक गतिविधि सञ्चालन गर्न छलफल भइरहेको जानकारी दिएका छन्। सिंहदरबारमा सोमबार बसेको भोटेकोशी तथा कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा सचिव राईले हाललाई तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट पनि व्यापारिक गतिविधि तथा सडक सञ्जाललाई प्रभावकारी बनाउने ...